सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले छोटो समयमै प्रदेश सरकारले देखिने गरी काम गरेको बताएका छन् । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप र देउरवा गाउँ जोड्ने झरही खोला पुलको बुधवार शिलान्यास गर्दै उनले छोटो समयमै जनताले प्रदेश सरकारको अनुभूति गर्न थालेको बताए ।
प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यो पुल पनि पूर्वाधार विकासअन्तर्गत रहेको बताए । उनले यो पुल रामग्रामको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका नागरिकको जीवनस्तर उकास्न तीन वर्षभित्र सबै घरधुरीमा स्वच्छ पिउने पानी र दुई वर्षभित्र बिजुली पुर्याउने प्रतिबद्धता दोहोर्याए ।
Next Post
साहित्य महोत्सवको राट्रपति भण्डारीद्वारा उद्घाटन
१४ फाल्गुन २०७६, बुधबार १६:५६
सम्बन्धित
-
१५ कार्तिक २०७६, शुक्रबार १३:५४
बसको ठक्करबाट कैलालीमा दुई बालकको मृत्यु
-
२९ कार्तिक २०७९, मंगलवार १४:४१
देउखुरीस्थित एक घरमा आगलागी हुँदा ६ लाखको क्षति
-
६ भाद्र २०८०, बुधबार १६:३९
डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव
-
८ बैशाख २०७९, बिहीबार १०:५५
सत्ता गठबन्धनको निर्णय जसपा बाँकेले नमान्ने संकेत
-
३२ असार २०८१, सोमबार २०:१५
उत्कृष्ठ अंकल्याउने तक्षशिलाकी निलम एनप्याब्सनद्वारा पुरस्कृत
-
१२ आश्विन २०७७, सोमबार १३:४८
करेन्ट लागेर बाँकेमा एकजनाको मृत्यु