डुडुवा (बाँके) : चिसो अत्याधिक बढेपछि बाँकेका विभिन्न पालिकाले दाउरा वितरण गर्न थालेका छन् । यसै क्रममा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ को कार्यालयले सोमवार हिरमिनिया चोकलगायत विभिन्न ठाउँमा आगो ताप्ने व्यवस्था गरेको छ ।
वडा कार्यालयको सिफारिसमा हजरात सामुदायिक बनले दाउरा उपलब्ध गराएको वडाध्यक्ष मोहनराम मिश्रले बताए । नेपाली काँग्रेसका नेता नेतराम मुराउको विशेष पहलमा हिरमिनिया चोक, स्वास्थ्य चौकी, वडा कार्यालय लगायत विभिन्न ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको वडाध्यक्ष मिश्रले बताए ।
आगो ताप्ने व्यवस्था भएपछि वडा कार्यालय र स्वास्थ्य चौकीका सेवाग्राही तथा चोक भएर ओहोर दोहोर गर्ने सर्वसाधारणले राहत महशुस गरेको स्थानीय जयपाल मौर्यले बताए ।