सदरलाइनडटकम,
बैतडी : सुदूरपश्चिम प्रदेश सरकारले हस्तान्तरण गरेको एम्बुलेन्समार्फत वन्यजन्तु ओसारपसार गर्ने गरेको पाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलाशैनी गाउँपालिकालाई हस्तान्तरण गरि सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको भेट्टिएको हो ।
आइतवार कञ्चनपुरवाट फर्केर डिलाशैनी गाउँपालिकातर्फ जाँदै गरेको सु. प. प्र. ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेट्टिएको हो । दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दार्चुलाले जाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए ।
कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरीसमक्ष बयान दिएका छन् ।
