बिज्ञान तथा प्रविधि महोत्सव नेपालगञ्जमा हुने

४ माघ २०७६, शनिबार १६:१४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आगामी फागुनमा नेपालगञ्जमा बिज्ञान तथा प्रबिधिको बृहद् प्रदर्शनी एवं महोत्सव हुने भएको छ । आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेपालगञ्जको सडक डिभिजन कार्यालय परिसर कारकादोमा महोत्सव हुने जनाएको छ ।
‘राष्ट्र निर्माणका लागि बिज्ञान तथा प्रविधि’ भन्ने मुल नाराका साथ आउने फागुन महिनाको ८ देखि १० गतेसम्म महोत्सव चल्ने आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । महोत्सवमा बिज्ञान र प्रबिधिसँग सम्बन्धित ३ सय स्टलहरु राखिने उनले बताए ।
प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ३१ जिल्लाका सामुदायिक तथा निजी बिद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुको बैज्ञानिक प्रतिभा प्रदर्शन, देशैभरिबाट युवा बैज्ञानिकहरुको प्रतिभा प्रदर्शनी, बिज्ञान र प्रविधिसँग सम्बन्धित कविता, बादबिबाद र नाटकको प्रतियोगिता समेत रहने अध्यक्ष बस्नेतले बताए ।
आयोजकका अनुसार बिद्यालयस्तरको बैज्ञानिक प्रतिभा प्रदर्शन प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना हुनेलाई २५ हजार प्रदान गरिने छ ।
त्यसैगरी युवा बैज्ञानिकहरुको खुला प्रतियोगिता तर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार तथा कविता, वादविवाद र नाटक प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद राशिको पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ । करीव ४० लाख खर्च अनुमानित गरिएको उक्त महोत्सवमा जुरी मेम्बरका रुपमा नार्क र नास्टका ७ जना बैज्ञानिकको निर्णायक मण्डल रहने बताइएको छ ।
आफुहरुले यस्तो प्रकारको महोत्सव पहिलोपटक आयोजना गर्न लागेपनी भविष्यमा राष्ट्रिय स्तरसम्म र्पुयाई राज्यको समेत संलग्नता रहने गरी प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष आतंक बस्नेतले जानकारी दिए । आयोजक संस्था ग्रान्ड साईन्स फेस्टिवलमा ए वन एजुकेशन एक्सप्रेस, ध्रुबतारा एजुकेशन र ग्रेस इन्टरनेशनलको आवद्धता रहेको छ ।

Next Post

चीनमा देखिएको नयाँ भाइरसका संक्रमित बढ्दै

४ माघ २०७६, शनिबार १६:१४
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी संक्रमित भेटिएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ भाइरसबाट पीडित हुनेको संख्या ४१ रहेको बताइएपनि बेलायती वैज्ञानिकहरुले एक हजार सातसय भन्दा बढी संक्रमित रहेको आशंका गरेका छन् । गत डिसेम्बरमा […]

सम्बन्धित