एसईईको नतिजा सुधारका लागि बाँकेका गणित र विज्ञान शिक्षकलाई अभिमुखिकरण

२९ पुष २०७६, मंगलवार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पाँच नंम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशित गरे अनुरुप प्रदेशको सामुदायिक विद्यालयको गणित र विज्ञान विषयको नतिजा सुधार ल्याउन बाँकेमा विषेश कक्षा सञ्चलनको तयारी सुरु भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्जको आयोजनामा शैक्षिक अभियानहरु अन्तरगत गणित र विज्ञान विषयको नतिजा सुधार अभियान अन्तरगत मंगलबार शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख रामसुरेश यादवले सो अभिमुखिकरण कार्यक्रमको शुभारम्भ गर्दै विद्यार्थीको मुल्याङ्कनको आधार मानिएको एसईई परीक्षाको नतिजा अनुसार पाँच नंम्बर प्रदेशका विद्यार्थीको गणित र विज्ञानमा अवस्था अत्यन्तै नाजुक रहेको पाईएकोले सो नतिजामा सुधार ल्याउने उदे्श्यले प्रदेशका सबै सामुदायिक विद्यालयमा विषेश कक्षा सञ्चालन गर्ने परिपत्र अनुसार तयारी भएको जानकारी दिए ।
उनले भने–‘ समग्र प्रदेशमा गणित र विज्ञानको नतिजा खास गरी प्रवेशिका एसईईको नतिजा हेर्दा ५८ प्रतिशत भन्दा पनि अत्यन्तै न्यून रहेको र बाँकेको हकमा २६ दशमलभ ७ प्रतिशतमात्र रहेको पाईएकोले सो नतिजा सुधार गर्नको लागि विशेष कक्षा सञ्चालनको तयारी गरेका छौ ।’
उनले बाँकेमा सञ्चालनमा रहेका सबै ७४ वटा सामुदायिक विद्यालय ७४ जना गणित र ७२ जना विज्ञानका विषयका शिक्षकलाई परिचालन गर्दै थप कक्षा सञ्चालन गरी नतिजामा आमुल परिबर्तन गर्ने योजना रहे अनुसार काम गर्न तालिमका सहभागि शिक्षकलाई निर्देशन समेत दिए ।
सामाजिक विकास डिभिजन कार्यालय बाँके नेपालगन्जका प्रमुख रामकरण पालले प्रवेशिका एसईईको नतिजा गणित र विज्ञानको अत्यन्तै न्यून हुँदा प्रविधिक शिक्षा ईन्जिनियरिङ्ग, चिकित्सा क्षेत्र जस्तो विषय पढ्नको लागि प्रतिष्पर्दामा नै सहभागि हुन नपाउने अवस्था आएको कारणले विषेश कक्षा सञ्चालनमा ल्याउन लागेको बताए ।
उनले भने–‘ सामुदायिक विद्यालयका बालबालिकाहरुको गणित र विज्ञानको नतिजाको कारण उनीहरु प्राविधिक शिक्षा अध्ययन गर्नको लागि स्कोर नपुग्ने तथा उनीहरुले पढ्नै नपाउने अवस्था आएकोले विषेश कक्षा सञ्चालन गर्ने योजना हो । अव मुस्किलले ५० दिन कक्षा हुने छ प्रतिदिन १ नम्बर आउने गरी कक्षा सञ्चालन गरिदिन सहभागि शिक्षकहरुलाई आग्रह गर्दछु ।’ उनले यो कार्यक्रम कक्षा ८ देखि नै सञ्चालनमा ल्याउने तयारी भएका जानकारी दिए ।
पाँच नंम्बर प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशको माध्यामिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउनको लागि संघिय सरकारबाट ५ करोड उपलब्ध भएपछि सो कार्यक्रम सुरु गर्न लागिएको हो ।
२०७५ सालको एसईईमा प्रदेशको नतिजा अनुसार गणितमा ३७ प्रतिशत बालबालिकाले ई ग्रेड ल्याएको र ६० प्रतिशतले डि ग्रेड नतिजा ल्याएका छन । यसैगरी विज्ञानमा पनि अपेक्षा अनुसारको नतिजा नभएपछि अभियानकै रुपमा लैजाने थालिएको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास तथा अनुसंन्धान महाशाखाकाले जानएको छ । विज्ञान र गणितका शिक्षकलाई ओरेन्टेशन गरेर कक्षा सुरु गरी कम्तिमा पनि २० प्रतिशत मुनी झार्ने गरी कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।


अभिमुखिकरणपछि शिक्षकले विद्यालय समयभन्दा अघि पछि पारेर डेढ–डेढ घण्टा अतिरिक्त कक्षा पढाउनु पर्ने छ । सो को लागि छुट्टै पारिश्रमिकको व्यवस्था गरिएको छ । कार्यक्रममा विज्ञान तर्फको युवारा सुवेदी, यामनारायण धिताल र गणित तर्फको मोहन चौधरी र खडानन्द डाँगिले सहजिकरण गरेको कार्यक्रममा धम्बोझी माविका प्रअ बामदेब सुवेदी, राप्ती सोनारी शिक्षा शाखाका ओम थापा, नेपालगन्जका दानबहादुर बिष्ट भिम बुढा लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Next Post

भेरीमा हेमोडायलासिसका दुई वर्ष

२९ पुष २०७६, मंगलवार १८:३३
सदरलाइन / रुद्र सुवेदी, नेपालगन्ज :  नेपालगन्जको भेरी अस्पतालको हेमोडायलासिस युनिटमा विरामीको चाप अनुसारको डायलासिस मेसिन नहुुँदा उपचारमा कठिनाई भएको छ । डायलासिस मेसिनको अभावमा विरामीको चाप हुँदा पनि सेवा दिन नसकिएको अस्पतालको हेमोडायलासिस युनिटले जनाएको छ । भेरी अस्पतालले आफुसंग भएका सिमित साधन स्रोतलाई उपयोग गर्दै एक सिफ्टमा २ […]