एचसीआरसी कप दुईसाता सारियो

२२ पुष २०७६, मंगलवार १७:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा हुने भनिएको एच सी आर सी कप ब्याडमिन्टन टुर्नामेन्टको दोश्रो संस्करण दुई साता पछि सारिएको छ । आयोजक संस्था एच सी आर सी अस्पताल नेपालगञ्जले मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।
यसअघि पौष २४ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता बिद्यार्थीहरुको परीक्षालाई दृष्टिगत गर्दै दुई साता सारिएको अस्पतालका ब्यवस्थापक रमेश सिटौलाले जानकारी दिए । सिटौलाले माघ ९ गतेदेखि माघ ११ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताए ।
अस्पतालको स्थापना दिवसको अवसर पारी २०७४ सालदेखि हरेक बर्ष सो प्रतियोगिताको आयोजना हँुदै आएको छ । यसपटक प्रतियोगितामा ६ वटा इभेन्टहरु समावेश गरिएको छ । प्रतियोगितामा जुनियर अण्डर–१३ छात्र, छात्रा, अण्डर १६ छात्र, छात्रा, मिक्स डबल्स र खुल्ला डबल्स गरि ६ वटा इभेन्टहरु रहेका छन ।
आयोजक संस्थाका अध्यक्ष डा. कुमार शान शाहका अनुसार डबल्स खुल्ला तर्फ प्रथम द्वितीय र तृतीय हुनेलाई नगद क्रमस ४० हजार २० हजार र १० हजार रुपैयाँ पुरस्कार रहेको छ । त्यसै गरि विद्यालय स्तरिय तर्फ विजयी हुने खेलाडीलाई पनि खेल सामग्री र अन्य आकर्षक पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागीताका लागि डबल्स खुल्ला टीम तर्फ १५ सय, विद्यालयस्तरीय प्रति खेलाडी २ सय र मिक्स डबल्स तर्फ ५ सय रुपैयाँ प्रवेश शुल्क तोकेको अस्पतालका व्यवस्थापक सिटौलाले जानकारी दिए ।


Next Post

‘महोत्सवमा’ कोहलपुर उद्योग बाणिज्य संघको संलग्नता छैन (विज्ञप्ती र भिडियो सहित )

२२ पुष २०७६, मंगलवार १७:४६
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुरमा बीहिबारदेखि संचालन हुने तयारीमा रहेको तेस्रो प्रदेशिक औद्योगिक लघु, घरेलु, कृषि तथा प्रविधि महोत्सवमा कोहलपुर उद्योग वाणिज्य संघको कुनै संलग्नता नहुने जनाएको छ । महोत्सवको पुर्वसन्ध्यामा वाणिज्य संघले पत्रकार सम्मेलन गरेर यस्तो जनाएको हो । संघको कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा कोहलपुरका स्थानीय व्यावसायीको हीतमा […]

सम्बन्धित