नेपालगञ्जमा ट्राफिक नियमबारे प्रशिक्षण

९ पुष २०७६, बुधबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सवारी चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारी दुर्घटना न्युनिकरणका लागि हरदिन प्रशिक्षण कार्यक्रमअन्तर्गत बुधवार नेपालगञ्ज ट्राफिक पोस्टले नेपालगञ्जको सुर्खेत रोडमा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न सवारी चालकहरुलाई प्रशिक्षण दिएको हो ।
बढ्दै गएको दुर्घटनालाई न्युनिकरणका लागि बाँके ट्राफिकले शुरु गरेको हरदिन सवारी चालकलाई जनचेतना कार्यक्रम दिएको नेपालगञ्जका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए । प्रशिक्षण कार्यक्रममा सहभागी सवारी चालकहरुले यस्ता खाले जनचेतना मुलक कार्यक्रमले दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताएका थिए ।
जिल्ला ट्राफिक प्रहरी बाँकेको यो अभियान सगै जिल्लाभर रहेका ट्राफिक प्रहरी बिटले समेत प्रशिक्षण कार्यक्रम दिइरहेका छन् । प्रशिक्षण कार्यक्रममा विद्यार्थी, सवारी चालक र अटो चालक, सम्बन्धित स्थानका स्थानीयहरुलाई समेत दुर्घटना न्युनिकरणबारे जनचेतना दिँदै आएको छ ।

Next Post

बाँके बर्दियालाई कर्णालीमा गाभ्न १७ सदस्यीय संघर्ष समिति गठन

९ पुष २०७६, बुधबार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज :  संघियताको कारण राज्यको पुनरसंरचनामा बाँके र बर्दिया पछाडि परेको भन्दै यी दुई जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागि पहल गर्ने उद्देश्यले एक समिति निर्माण भएको छ । नेपालगञ्ज उपमहानगरका प्रमुख तथा राप्रपाका महामन्त्री समेत रहेका डा. धवल शम्सेर राणाको पहलमा नेकपा, नेपाली कांग्रेस, राप्रपा लगायत दल र […]

सम्बन्धित