सदरलाइनडटकम
१० जेठ, नेपालगन्ज : नेपाल आयल निगम अन्र्तगत आधिकारिक टे«ड यूनियनको चुनावमा कर्मचारीहरु व्यस्त भएका छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि आन्तरिक दौडधुप र प्रचास प्रसारमा लागेका छन् ।
नेपाल आयल निगम आधिकारिक टे«डको चुनाव असार १४ गते चुनाव हुँदैछ । चुनावमा कर्मचारी संघ, राष्ट्रिय कर्मचारी संगठन एकातिर छन् भने स्वतन्त्र कर्मचारी युनियनबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । तर यसपाली संघ र संगठनबीच एकता भएकाले उनीहरुकै पल्लाभारी धेरै हुने अनुमान छ ।
यसअघि एक्लाएक्लै लड्दा यूनियनले जितेको थियो । केन्द्रजस्तै आयल निगम नेपालगन्ज र यस अन्र्तगतका शाखाहरुमा समेत चुनावी सरगर्मी बढेको कर्मचारी संघका क्षेत्रीय अध्यक्ष ईश्वर खड्काले जानकारी दिए ।
‘यतिबेला हामी चुनावमै खटिएका छौं । पेशागत हकहितका मुद्दामा केन्द्रीत रहेर प्रचार प्रसार गरिरहेका छौं ।’— अध्यक्ष खड्काले भने । यस कार्यालय अन्र्तगत ३२ जना मतदाता रहेका छन्