डुडुवा मैत्रीपुर्ण फुटबलमा मानवीय बिजयी

१ मंसिर २०७६, आईतवार १७:५१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवामा जारी दोस्रो खुल्ला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी मानवीय युवा क्लब नेपालगञ्जले हात पारेको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नव दुर्गा युवा क्लब कम्दीले डुडुवा ५ छग्रहवा खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा आरसिपीबी प्रदेश नंं. ६ लाई शुन्यका विरुद्ध १ गोल मानवीय युवा क्लबले उपाधी हात पारेको हो ।
उपाधीसंगै मानवीय क्लबले रु ७० हजार नगद पुरस्कार र कप पाएको छ । दोस्रो स्थानमा आएको आरसिपीबी प्रदेश नंं. ६ ले ४५ हजार नगद पुरस्कार हात पारेको छ । प्रतियोगितामा प्रदेश नं. ५ र ६ का विभिन्न जिल्लाका ९ वटा समुहले भाग लिएका थिए । गत कार्तिक २३ गते शुरु भएको प्रतियागिता आइतवार सकिएको छ ।
प्रतियोगिताका विजयी समुहलाई पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकास्तरमा खेलकुदको विकासका लागि योजना र बजेटको विनियोजन गरिएको बताए । उनले वडा नं. ५ स्थित छग्रहवा मैदानलाई व्यवस्थित खेल मैदानको रुपमा विकासको कार्य नियमित रुपमा भईरहेकाले आगामी वर्ष गाउँपालिकास्तरिय राम्रो स्टेडियम बन्ने बताए ।
अध्यक्ष चौधरीले खेलकुदले स्वास्थ्य र विकास निमार्णका कार्यलाई समेत सहयोग पुर्याउने भएकाले यसतर्फ युवाहरुको आकर्षण मात्र नभई सबैको खेलप्रति आकषर्ण बढनुपर्नेमा जोड दिए ।
आइतवार भएको समापन समारोहमा वडाध्यक्ष प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य रिता परियार, कमला शाही, वडासदस्य झुठुवा थारु, नेपाली कांग्रेशका हरि रेउले, नेकपाका प्रेमा शाही, युवा बेल बहादुर बोहरा लगायतले बोलेका थिए । त्यस अवसरमा शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा विशेष योगदान पुर्याएका ६ जनाका सम्मान समेत गरिएको आयोजक नव दुर्गा युवा क्लबका अध्यक्ष निर्मल चन्दले बताए ।

Next Post

बाँकेको बाघखोर मोडमा बसदुर्घटना हुँदा दर्जनबढी घाइते

१ मंसिर २०७६, आईतवार १७:५१
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : दाङ्ग तुल्सिपुरबाट नेपालगञ्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको यात्रुबाहक बस सोमबार बिहान पौने ८बजे बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघखोर मोडमा दुर्घटना भएको छ । तीब्र गतिमा रहेको सो बस सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका […]