धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’

  
  प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६       | 88 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’ बाँकेको नेपालगन्जमा धुमधामका साथ सम्पन्न भएको छ ।
ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आइतबार १२ तारीखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको चलन रहे अनुसार आइतबार बिहानैदेखि नेपालगञ्जमा मोहम्मदी जुलूसले नगरका विभिन्न भागहरुमा परिक्रमा गरेको थियो ।
नेपालगञ्जमा गल्ली र सडकहरु सजाई मदीना नामको झण्डा लगाइएको छ । नेपालगञ्जका मुस्लिम समुदायका मुसलमानहरुले आ–आफ्नो घरमा मदिनाको फोटो र सरकारकी आमद मरहबा लेखिएको झण्डा लगाईएको छ । सो अवसरमा धार्मिक प्रवचन गर्नुका साथै घर, टोल र मस्जिदलाई सजाउदै धुमधामका साथ मनाईएको छ ।
सो पर्वको अवसरमा गौसीया मस्जिद, जामा मस्जिदलगायत सबै मस्जिदहरुमा मिलाद फातीहा गराउने र घर–घरमा मिठो खाने कुराहरुमा फातिहा दिने चलन रहेको मुस्लिम अगुवा रहमान मियाँले जानकारी दिए ।
उनले केन्द्र, प्रदेश तथा स्थानीय सरकारले आफ्नो पर्वमा विदा नदिएकोमा दुख प्रकट गर्दै सरकारले मुस्लिम समुदायप्रति बिभेद गरेको आरोप लगाए ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     6:08:51 PM  |