बर्दियाका बाढीपिडितलाई हाइजिन किट वितरण

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १४:२२
 

नेपालगञ्ज : गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामग्री वितरण शुरु गरिएको छ ।

युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामग्री वितरण शुरु गरिएको हो ।

बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।

बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गरे ।

वडा नम्बर ८ का वडा अध्यक्ष तुलप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर चौधरीले बाढीपिडितलाई सहयोग गरेकोमा सहयोग गर्ने संघसंस्थाप्रति आभार व्यक्त गर्दै अझै बाढीको जोखिम रहेको बताए ।


प्लान नेपालका क्षेत्रीय प्रबन्धक पराजुलीले बाढीपछि सरसफाईमा ध्यान नदिईए विभिन्न रोग फैलिने डर रहेकोले सरसफाइका लागि हाइजिन किट वितरण गरिएको बताए ।

सो अवसरमा युनेस्को क्लबका अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी र वडा अध्यक्ष गौतमले पनि आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए ।

वितरण गरिएको हाइजिन किटमा झुल, बाल्टी, जग, तौलिया, साबुन, सेनिटाइजर, पानी शुद्ध गर्ने औषधी, मास्क, नाइलन डोरी र झोला गरेर १८ वटा सामग्री रहेका छन् ।

सो परियोजनाअन्तर्गत बर्दियाको बासगढी, बारबर्दिया, ठाकुरबाबा र गुलरियाका बाढीपिडित परिवारलाई ८० वटा हाइजिन किट, ८० वटा डिग्निटी किट, दुई सय परिवारलाई खाद्यान्न सहयोग, १५० परिवारलाई पोषण आहार वितरण गरिने तथा १२० वटा धारा, ट्युबवेल तथा १२० वटा शौचालय मरम्मत गरिनुका साथै ८ ठाउँमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेउबा संघ निर्वाचन : महासचिवको पुनः मतगणना हुने

४ भाद्र २०८०, सोमबार १४:२२
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको सम्पन्न निर्वाचनमा विवाद उत्पन्न भएपछि महासचिव पदको मतगणना पुनः गरिने भएको छ । निर्वाचन समितिका आयुक्त टिकाजङ्ग सिंहले एक सूचना जारी गर्दै मंगलबार बिहान पुनः मतगणना हुने जनाएका हुन् । निर्वाचन अधिकृतले सूचनामा महासचिवको उम्मेदवार भीम रानाभाटको मोबाईलमा सम्पर्क हुन नसकेको जनाउँदै सूचनका आधारमा […]