सदरलाइनडटकम,
काठमाण्डौ : विश्वकप फुटबलको छनोटअन्तर्गत नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपालले अष्ट्रेलियासँग निकै फितलो प्रदर्शन गर्यो । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा २ गोल खायो ।
नेपालले अष्ट्रेलियाको पोष्टसम्म बल पुर्याउनै सकेन । अष्ट्रेलियाका जिमी म्याकलरेनले ह्याट्रिक गरे । हारपछि नेपाल तालिकाको चौथो स्थानमा झरेको छ । ३ खेल खेलेको नेपालको जम्मा ३ अंक छ । अष्ट्रेलिया भने २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
