बैंकबाट पाँच अर्ब चोर्ने योजना विफल

८ आश्विन २०७६, बुधबार १६:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ । ह्याकरको समूहले नेपाली बैंकबाट करीब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल बनाएको हो ।
ह्याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी भइसकेको जानकारी दिए । कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा बुधवार पत्रकार सम्मलेन गरेर प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन् ।
जसमध्ये चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । रकम लुट्नेहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिशन दिई हुण्डीमार्फत् भारत पठाउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।

Next Post

पसल फोडेर लाखौंका गहना चोरी

८ आश्विन २०७६, बुधबार १६:४९
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकास्थित बेलौरी बजारमा रहेको सृजल सुनचाँदी पसलमा मंगलवार राती लाखौं मूल्य बराबरका सुनका गरगहना चोरी भएका छन् । पसलबाट २१ लाख मूल्य बराबरका सुनका गहना चोरी भएको पसलका सञ्चालक मीनबहादुर सुनारले बताए । पसल सञ्चालकका अनुसार तयारी अवस्थाको ५ आनाको सुनको तिलहरी, सुनकै ४ आनाको […]

सम्बन्धित