साउदी अरबका तेल कम्पनीमा ड्रोनबाट आक्रमण

२८ भाद्र २०७६, शनिबार १४:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामको दुई ओटा प्लान्टमा ड्रोनबाट आक्रमण गरिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक साउदी प्रेस एजेन्सीले भन्यो, ‘अरामको औद्योगिक सुरक्षा बलले अब्कैक र खुरैसमा ड्रोनको आक्रमणपछि लागेको आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।’
यसअघि पनि साउदी अरबको पूर्वी भागमा रहेको साउदी अरामको दुई ओटा प्लान्टमा विस्फोट र आगलागीको खबर आएको थियो । यद्यपि त्यसमा आगलागीको कारण बताइएको थिएन । साउदी अराम साउदी अरबको राष्ट्रिय पेट्रोलियम र पाकृतिक ग्यास कम्पनी हो । राजस्वको मामिलामा यो विश्वको कच्चा तेलको सबैभन्दा ठूलो कम्पनी हो ।
दुबईमा रहेको प्रसारणकर्ता अल–अरबियाले यो घटनासँग जोडिएको एउटा भिडियो देखाएको थियो, जुन भिडियोमा आगो लागेको र गोली चलेको आवाज आइरहेको छ । साउदी अरामलाई आतंकवादी निशाना बनाइँदै आएको छ ।
आतंकवादी संगठन अल कायदाको आत्मघाती विस्फोटले सन् २००६ को फेब्रुअरीमा यी तेल कम्पनीमा आक्रमण गर्ने कोसिस गरेको थियो तर त्यो सफल भएन ।
(एजेन्सी)

Next Post

जीवनरामको नेतृत्वमा नेपाल ओलम्पिक कमिटी

२८ भाद्र २०७६, शनिबार १४:१०
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल […]

सम्बन्धित