मरेका पशुचौपायाको संख्या चौंतिस पुग्यो

१४ भाद्र २०७६, शनिबार १५:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : सुर्खेतमा मरेका पशुचौपायाको संख्या ३४ पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर कान्जिहाउसमा राखेका छाडा पशुचौपाया दैलेख लैजाने भन्दै ल्याएर शुक्रवार सुर्खेतका जंगलमा छाडिएका थिए ।
यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ वटा र बेउरेनी जंगलमा ९ वटा मृत भेटिएका हुन् । १ सय ४४ वटा गाईगोरु शनिवार नेपालगञ्ज फिर्ता पठाइएको प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
गाइगोरु लैजाने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । नेपालगञ्जबाट दैलेखको श्रीस्थानमा पाल्नको लागि भन्दै २ सय ९१ वटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो ।
तर बीच बाटोमै गाई अलपत्र छोडेर हत्या गरेको भन्दै चौतर्फी आलोजना भइरहेको छ । जंगलमा ल्याएर गौ हत्या गरेकोभन्दै शनिवार वीरेन्द्रनगरमा दोषीलाई कार्वाहीको माग गर्दै विरोध कार्यक्रमको समेत आयोजना गरिएको छ ।


गौहत्या गर्नेलाई कडा कारबाही गर्न महासंघको माग
सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौहत्याको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघले गौहत्या गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमासरह मान्ने र पूजा गर्ने परम्परा रहिआएको छ, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको छ महासचिव अस्मिता भण्डारीको ठहर छ । संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देशलाई विदेशीको इसारामा परेर धर्म्निरपेक्ष गरिएको पनि महासंघले आरोप लगाएको छ ।
राष्ट्रिय जनावर भएकाले पनि गाईको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको र मुलुकका विभिन्न भागमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारले ध्यान पुर्याउनु पर्नेमा महासंघले जोड दिएको छ ।

Next Post

असमका १९ लाख नागरिकले भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने

१४ भाद्र २०७६, शनिबार १५:५९
सदरलाइनडटकम, काठमाण्डौ : भारतको असममा रहेका १९ लाखभन्दा धेरै नागरिकले आफू भारतीय रहेको पुष्टि गर्नुपर्ने भएको छ । नेशनल सिटिजन रजिष्टर (एनआरसी) शनिवार प्रकाशित गरेको अन्तिम नामावलीमा १९ लाख ६ हजार ६ सय ५७ जनाको नाम छुटेपछि उनीहरुले आफू भारतीय नागरिक भएको पुष्टि गर्नुपर्ने भएको हो । अन्तिम नामावलीमा रहेका […]

सम्बन्धित