कैदीबन्दीलाई एचआईभी/एड्सको बारेमा व्यवहार परिवर्तन कार्यक्रमको समीक्षा

२० असार २०७६, शुक्रबार १८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  पाँच नंम्बर प्रदेश सरकारको समाजिक विकास मन्त्रालयको सहयोग तथा स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीहरुलाई एचआईभी/एड्सको बारेमा व्यवहार परिवर्तन शिक्षा र परिक्षण सम्बन्धी समीक्षा तथा कार्ययोजना कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।
प्रदेश सरकारको सहयोगमा गत जेठ २० गतेदेखि असार १९ गतेसम्म नेपालगञ्ज कारागारमा रहेका ५९ महिला, ६ सय ५४ पुरुष कैदीबन्दी र थुनुवाको स्वास्थ्य परिक्षण गरिएको र सो परिक्षणको क्रममा नेपालगञ्ज कारागारमा एक जना नयाँ एचआईभी पोजेटिभ संक्रमित फेला परेको समेत सो समीक्षा कार्यक्रममा सरोकारवालालाई जानकारी गराईएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ४ सय ५२ जनाको एचआईभी/एड्स चेक जाँच गर्दा एक जना पोजेटिभ, मधुमेह १ सय ९१ जाँच गर्दा २ जना नयाँ विरामी, टिबिका १ सय २८ र यौनरोग ४३ जनामा रहेको पाईएको जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कारागारको क्षमता भन्दा बढी कैदीबन्दी थुनुवा हुनु साथै उनीहरु बस्ने स्थनको अभावको कारण छाला जन्य रोगको समेत समस्या देखिएको सहभागिले बताएका थिए ।
कर्यक्रममा एचआईभी÷एड्सको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, कारगारका स्वास्थ्यकर्मी सिनियर अहेव बखतबहादुर थापा, कारागार सुरक्षामा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो ।  

Next Post

डुडुवामा अपाङ्गता परिचयपत्र वितरण शुरु

२० असार २०७६, शुक्रबार १८:५२
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँके डुडुवा गाउँपालिकाले अपाङ्गता परिचय पत्र वितरण शुरु गरेको छ । अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण शुरु गरेको हो । गाउँपालिका उपाध्यक्ष शाहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले […]