नरैनापुरका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई अभिमुखिकरण

१८ असार २०७६, बुधबार १९:०२
 

सदरलाइनडटकम,
नरैनपुर (बाँके) : स्थानीय तहका पादधिकारीलाई स्वास्थ्य प्रति उत्तरदायि बनाउने उद्देश्यले स्वास्थ्य कार्यालय बाँकेले दुई दिने स्वास्थ्य सम्बन्धित क्षमता अभिबृद्धि तथा अभिमुखिकरण कार्यक्रम बाँकेको नरैनापुर गाउँपालिकामा सुरु भएको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजकुमार श्रीबास्तबले कार्यक्रमको उद्दघाटन गर्दै स्थानीय तहका पदाधिकारीलाई स्वास्थ्य र शिक्षा पनि विकासको महत्वपूर्ण पाटो हो भनेर प्रथामिकतामा राख्न आग्रह गरे ।

दुई दिनसम्म सञ्चालन हुने अभिमुखिकरणमा स्थानीय तहको स्वस्थ्य संस्था प्रति जनप्रतिनिधिलाई उत्तदायी बनाउने, स्वास्थ्य सेवा सम्बन्धित जिम्मेवारी तथा अधिकार अध्यावधिक गराउने, स्थानीय तहमा विद्यमान स्वास्थ्य संरचनाहरु र संघको अवस्थाबारे परिचित गराउने रहेका छन् ।


यसैगरी गुण्स्तरिय आधारभुत स्वास्थ्य सेवाको महत्व, उपयोग, स्थिति र पहँच अभिबृद्धिका बारेमा जानकारी दिने, तथ्यमा आधारित सहभागिता मुलक स्वास्थ्य योजना तर्जुमा र कार्यान्वयनको बारेमा स्पष्ट पारी पालिकाको वडा तहदेखि नै मस्यौदा स्वास्थ्य येजना तयार गर्ने प्रकृयाबारे छलफल गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

सो अभिमुखिकरणलाई स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, जनस्वास्थ्य अधिकृत चन्द र युएसएआईडि स्वास्थ्यको लागि सक्षम प्रणालीका अवन्तिका प्रियदर्शनीलगायतले सहजिकरण गरेका छ । गाउँपालिकाका  प्रमुख  मोहम्मद  ईस्तियाक अहमद शाहलगायत सहभागि रहेको सो अभिमुखकरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Next Post

सामाजिक जवाफदेहिताका लागि दायित्वबोध

१८ असार २०७६, बुधबार १९:०२
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाँउपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले विरोधका लागि विरोध होइन सकारात्मक सोंचका साथ सामाजिक रुपान्तरणमा लाग्नु पर्ने बताएका छन् । खजुरामा स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाअन्तर्गत अध्ययनका परिणाम तथा सिफारिस सार्वजनिकीकरण गोष्ठीमा बोल्दै उनले सामाजिक जवाफदेहिताका लागि आफुले आफैलाई मूल्यांकन गर्नु पर्ने बताए । उनले खजुरामा जनप्रतिनिधि […]