नायीका बेनिशा हमाललाई ठकुरी पत्रकारले गरे सम्मान

२२ पुष २०७५, आईतवार २२:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ठकुरी पत्रकार समाज नेपालले आईतबार नेपालगञ्जमा नायिका बेनिशा हमाललाई एक कार्यक्रमका बिच सम्मान गरेको छ । अन्तराल मिडियाको आयोजनामा भएको ईन्डिपेण्डेन्ट फ्लिम फेस्टिबलमा सहभागी हुन आएकी उनलाई सम्मान गरिएको हो । सञ्चारकर्मी हुदै मोडेलिङ्गमा प्रवेश गरेकी बेनिशाको सोवर डेब्यु मुभी हो । दर्सकको लागि थुप्रै राम्रा मुभी गरेकी नायिका बेनिशाको गत बर्ष कालो पोथीले वर्षको सर्वोत्कृष्ठ फिल्म अवार्ड पाएको थियोे । यसैगरि नायिका हमालको यो वर्ष विल्यान्द रोक्क मुभीले यो बर्षकै बेष्ट पपुलर सर्वोउत्कृस्त नायिकाको अवार्ड हात पारेकी थिईन ।
कार्यक्रममा ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुना राज्यलक्ष्मी शाहले नायिका हमाललाई समान गर्न पाउँदा आफूहरु निकै खुशी भएको बताईन । उनले दर्शकको माया पाउनको लागि अझै राम्रा फिल्म गर्नको लागि आग्रह गरीन ।
कार्यक्रममा ठकुरी पत्रकार समाज नेपालका करुना शाह, निशा शाह, सदिच्छा शाह, प्रिया शाहि, रेजिना मल्ल, बिजय मल्ल, रबिन्द्र सिङ ठकुरी, सम्भु शाही, महेन्द्र सिङ ठकुरि र ठकुरी पत्रकार समाज नेपालका बरिस्ठ सल्लाहकार जय नारायण शाहले सयुक्त माला खादा ओढाएर सम्मान गरेका थिए ।

Next Post

पायोनियर सहकारीको सातौं साधारण सभा

२२ पुष २०७५, आईतवार २२:२५
सदरलाइनडटकम, नेपालगञ्ज : पाँच नंम्बर प्रदेस की सांसद कृष्णा केसी नमूनाले मुलुकलाई सहकारीको माध्यामबाट सम्बृद्ध र सुखी नेपाल बनाउनको लागि सहयोग गर्न सबै सहकारीकर्मीलाई आग्रहर गरेकी छन् ।  नेपालगञ्जमा पायोनियर बचत तथा ऋण सहकारी संस्थाको सातौ साधारण सभाको उद्दघाटन गर्दै सो आग्रह गरेकी हुन । उनले सो अवरसरमा सरकारले सहकारीमा विकशित […]