बाँकेका विभिन्न स्थानमा मनाईयो धान दिवस (फोटो फिचरसहित)

१५ असार २०७६, आईतवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्युनिकरण भन्ने राष्ट्रिय मुल नाराका साथ बाँकेमा १६औं राष्ट्रिय धान दिवश–२०७६ मनाईएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा कोहलपुर नगरपालिकाको खड्गवारमा आयोजित कार्यक्रममा प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मेसिनले धान रोपेर प्रदेश स्तरीय धान दिवस कार्यक्रमको शुभारम्भ गरिन ।
उनले प्रदेश सरकारले कृषिलाई प्रबिधि र यन्त्रसंग जोडेर लागत घटाउदै बढी फाईदा लिनको लागि प्रदेश सरकारको सहयोग रहने बताईन ।
यसैगरी बैजनाथ गाउँपालिका –२ माथिल्लो पितमारीमा पञ्चेबाजासहित रोपाइँ गरियो । गाउँपालिकाको कृषि शाखाले आयोजना गरेको १६औं राष्ट्रिय धान दिवसको अवसरमा सिम्ताली एकता समूहले बजाएको पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाइँ गरेका थिए ।
स्थानीय सिर्जनशील आमा समूहले रोपाइँको नेतृत्व गरेको थियो । बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी र उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले किसानलाई हौसला प्रदान गर्नुभएको थियो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार आइतबारसम्म बाँके जिल्लामा मुस्किलले ५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । जिल्लामा ३६ हजार पाँच सय हेक्टर कृषि योग्य जमिन छ ।  

Next Post

गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरका विद्यार्थीले मनाए धान दिवस

१५ असार २०७६, आईतवार १८:२९
सदरलाइनडटकम, बैजनाथ (बाँके) : १६औं राष्ट्रिय धान दिवश–२०७६ को अवसरमा धान खेतिमा प्रविधि र यान्त्रिकरण, चामल आयतमा न्युनिकरण भन्ने राष्ट्रिय मुल नाराका साथ बाँकेको बैजनाथ–४ को गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरका कृषिमा स्नातक तह प्रथम सेमेष्टरका विद्यार्थीले प्रयोगात्मक कार्यका लागि धान रोपेका छन । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर […]