‘शिक्षामा सुधारका लागि सबैको सहयोग आवश्यक’

१४ जेष्ठ २०७६, मंगलवार १८:००
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिक्षामा आमूल परिवर्तन ल्याउन अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिको प्रमुख दायित्व भएको बताएका छन् । आफु खजुरा क्षेत्रभित्रको शैक्षिक गुणस्तर उकास्न लागिपरेको भन्दै उनले समन्वयको खाँचो रहेको बताए ।
खजुरा–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीको ३७ औं वार्षिकोत्सव तथा नवनिर्मित भवन उद्घाटन समारोहलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले शैक्षिक सुधारका लागि गाउँ शिक्षा समितिले बनाएको रणनीतिक योजना, शैक्षिक क्यालेण्डर, शिक्षक डायरी र गत वर्षको प्रतिवद्धतामा टेकेर अगाडि बढ्नसके शिक्षा क्षेत्रमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
खजुरामा २ वटा मावि नमूना रहेको बताउँदै उनले एउटा प्राविधिक कृषितर्फ जनता नमूना माविमा आगामी शैक्षिक शत्रदेखि बिएसीएजी सञ्चालन हुने, ज्ञानोदयमा इञ्जिनियर शुरु भइरहेको र उढरापुरमा प्राविधिक धारको विद्यालय निर्माण भइरहेको उल्लेख गरे । मावि तहमा प्राविधिक धारमा प्राथमिकता दिँदै उनले भानु, आदर्श र योगिनी माविलाई प्राविधिक धारका लागि सिफारिस गरिएको बताए । सामुदायिक विद्यालय र संस्थागत विद्यालयको पढाईमा कुनै भिन्नता नहुने गरी सबै कमीकमजोरी हटाएर सुधार गरिने बताउँदै अध्यक्ष कक्षपतिले प्रतिस्पर्धाबाट शिक्षाको गुणस्तर बढाइने जिकिर गरे ।
सो अवसरमा निर्मित तीनवटा नयाँ विद्यालय भवनको प्रमुख कक्षपति र वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खाँले उद्घाटन गरे । नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिन्दुरीका पूर्व प्रधानाध्यापक कपिलदेव अर्याललगायतका शिक्षकलाई सम्मानसमेत गरिएको थियो ।
उक्त अवसरमा विद्यालयका प्रअ श्रवणकुमार खड्काले ३ सय बढी विद्यार्थी रहेको नेरा निमाविलाई मावि बनाउने लक्ष्यका साथ अगाडि बढेको बताए । कार्यक्रममा खजुरा गाउँपालिका विद्यालय निरीक्षक टिकानाथ योगी, शिक्षक दानबहादुर बिसी, केशव लामिछानेलगायतले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी हुनु पर्नेमा जोड दिए ।

Next Post

नेपालगञ्जको पुष्पलालचोकमा विकल्प आयुर्वेद सञ्चालनमा

१४ जेष्ठ २०७६, मंगलवार १८:००
सदरलाइनडटकम, नेपालगञ्ज   :  नेपालगञ्जको पुष्पलालचोकमा विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिले नेपालमै सबैभन्दा सस्तो र गुणस्तरिय आयुर्वेद सेवा प्रवाह गर्ने उद्देश्यले शाखा विस्तार गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले एक समारोहका बीच उद्घाटन गरेका हुन । उनले गुणस्तरिय सेवा प्रवाह गर्दै नाम जस्तै विकल्पको रुपमा आफुलाई प्रस्तुत गर्नको […]

सम्बन्धित