बैदेशिक रोजगारमा ठगिएकाहरु कानूनी उपचार खोज्दै !

३० श्रावण २०७३, आईतवार १२:१७
 

सदरलाइनडटकमis
३० साउन, नेपालगन्ज : बैदेशिक रोजगारको लागि जाने अधिकांश युवाहरु आफ्नै कारणले ठगिने गरेको पैरबी तथा सरोकारवाला निकाएका विज्ञको भनाई छ ।  ‘कसैको भनाईको मात्र भर गरेर श्रम स्वीकृति नै नदिएको मुलुकमा जाने भन्दै ‘एजेन्ट’को मात्र भर पर्दा ठगिएको भन्दै कानूनी उपचारको लागि पहल गरिदिन पीडितहरु आउने गरेका छन्’–बैदेशिक रोजगार पीडितका लागि निशुल्क कानूनी सेवा दिदै आएको पिपुल्स फोरम नेपालगन्जका अधिवक्ता सुनिता शर्माले भनिन् ।
उनले साउन ५ गते नेपालगन्जका तीन किशोरले मकाउ जानको लागि नेपालगन्जकै उस्मान हल्वाईलाई जनही डेढलाख बुझाए तर, वर्क परमिटको भिसाको ठाँउमा पर्यटक भिसामा उडाउन खोजेकोले भन्दै ती किशोर कानूनी सहायताको लागि कार्यालयमा आएको बताईन ।
वर्क परमिट सहितको भिसा लगाउने सर्तमा मात्र डेढलाख दिएको पर्यटक भिसा लगाई दिएको भन्दै कानूनी उपचारको हाम्रो सम्पर्कमा आएका छन्’–पिपुल्स फोरमकी अधिवक्ता शर्माले भनिन । उनले दिएको जानकारी अनुसार तीनै जनाको राहदानी काठमाण्डौको एक्चुअल टुर्स एण्ड ट्राभल्समा राखिएको छ । ‘राहदानीको लागि ट्राभल्सले जनही २५÷२५ हजार थप मागेको छ यसको कानूनी उपचार के छ भन्दै कार्यालयमा आएकोमा सो मुद्दा केन्द्रीय कार्यालय मार्फत बैदेशिक रोजगार विभागमा रिफर गरेका छौ’–उनले भनिन ।
नेपालगन्जमा आफ्नो कार्यालय सञ्चालनमा आएको केही महिनामात्र भएको जानकारी दिदै उनले बर्दिया मंगरागाडि–८ का रुद्र खड्का नेपालगन्जकै एक एजेन्ट मार्फत अफिसियल काममा साउदी पुगे । तर, साउदीमा उनले एजेन्टले भनेको जस्तो काम र तलव नपाएपछि उनकी पत्नी गिता खड्काले कानूनी उपचारको लागि सम्पर्कमा आएको जानकारी दिईन ।
उनले नेपालगन्जको विपी चोकमा कार्यालय रहेको म्यानपावरबाट आफ्ना पति गएको मात्र आफुलाई जानकारी भएको बताउछिन । उनले साउदी पुगी सकेपछि एजेन्टले भनेको तलव १२ सय रियालको ठाँउमा ८ सय मात्र दिएको कार्यालयको कामको ठाँउमा बाहिर जनरल वर्करको रुपमा काममा लगाउदै जाँदाको हवाई टिकटको खर्च आफैले व्योहोरेको भए पनि मासिक ३ सय साउदी रियाल तलबमा कट्टा गर्न थालेपछि पिपुल्स फोरमको सम्पर्कमा आएको जानकारी दिईन ।
बाँकेमा श्रम तथा रोजगार मन्त्रायलबाट स्वीकृति लिएका कुनै पनि मेनपावर कम्पनी हाल सञ्चालन र अस्तित्वमा नरहेको नेपालगन्ज मेनपावर व्यावसायी संघका अध्यक्ष तेजु रावतले जानकारी दिए । उनले भने–‘पछिल्लो समयमा काठमाण्डौमा केन्द्रीय कार्यालय रहेका मेनपावरले नेपालगन्जका शाखा कार्यालयहरु कसैको पनि नविकरण गरेको छैन ।’उनले हेड अफिसले अहिले राखेको धरौटीमा बृद्धि गर्ने उद्देश्यले सबै कम्पनीले आफ्ना शाखा कार्यालय नविकरण नगरेको स्पष्ट पार्दै भने–‘विभिन्न समस्या आएको भन्दै अहिले राखेको २ लाख धरौटीबाट बढाएर ६ लाख पु¥याउने आन्तरिक तयारी भएको जानकारी पाएको छु ।’
उनले यो बीचमा केही व्यावसायिले व्यक्तिगत रुपमा काम गरेको आफुलाई जानकारी आएको भएपनि सेवाग्राहीलाई मर्का र असहज नहुने गरी व्यावसायको सम्मान हुनेगरी काम गर्न सबैलाई आग्रह समेत गर्दै भने–‘आफुले पठाउने क्लाईन्टलाई विदेसमा अफ्टयारो नपर्ने गरी सबैै प्रकृया कानूनले तोके अनुसार मिलाएर मात्र पठाउन र जानेले पनि सबै बुझेर गईदिए राम्रो हुने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रजातान्त्रिक प्यानल आफ्नो अभियान तीब्र पार्दै

३० श्रावण २०७३, आईतवार १२:१७
सदरलाइनडटकम   ३१ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि गोपालप्रसाद अधिकारीको नेतृत्वमा होमिएको प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले सोमबार यस क्षेत्रका प्रतिष्ठित व्यक्ति, उद्योगी र व्यवसायीलाई भेटघाट गरेको छ । सो समुहले सोमबार बिहानदेखि बेलुकासम्म धम्बोझीचोक हुदै विपीचोक, सुर्खेतरोड, औद्योगिक क्षेत्र लगायत स्थानमा घरदैलो गरेको जानकारी दिएको छ […]

सम्बन्धित