सदरलाइनडटकम,
दैलेख : विवाहमा दुई समूहबीच झडप हुँदा दैलेखमा एक युवकको हत्या भएको छ । नारायण नगरपालिका–५ छात्तीकोटस्थित आफन्तको विवाहमा गएका बेला दुई समूहबीच झडप हुँदा सोही वडाका ३२ वर्षीय प्रेमबहादुर थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकोे छ । थापाको गाउँकै पहलसिं सारु र दानबहादुर थापाको समूहबीच मदिरा सेवन गरेर झगडा भएको थियो ।
झडपका बेला राति १२ बजे थापाको मृत्यु भएको भन्ने खवर आएपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनामा संलग्न व्यक्तिहरुका खोजी जारी रहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।
