सदरलाइनडटकम,
काठमाण्डौ : प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई पक्राउ गरेको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले शुक्रवार राती होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Next Post
हिंसाका कारण अफ्रिका र सिरियाका चार करोड मानिस विस्थापित
२८ बैशाख २०७६, शनिबार १६:२५
सम्बन्धित
-
४ जेष्ठ २०७८, मंगलवार १६:३६
प्रहरीका लागि नेपालगन्ज– १८ का वडाध्यक्ष बर्माद्वारा स्वास्थ्य सामाग्री सहयोग
-
१६ जेष्ठ २०७६, बिहीबार १९:३७
‘खुला सिमानाका कारण लागुऔषधको अवस्था भयावह’
-
१२ जेष्ठ २०७७, सोमबार १३:१९
ईद मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं : मुख्यमन्त्री पोखरेल
-
१४ श्रावण २०७६, मंगलवार १३:५०
पाकिस्तानमा विमान दुर्घटना, १७ को मृत्यु
-
११ फाल्गुन २०७६, आईतवार १३:२१
सम्पादक र पत्रकारबीच अन्तरक्रिया सम्पन्न