कक्षा १२ को परीक्षामा अर्मयादित भयो : उप–महानगर

१७ बैशाख २०७६, मंगलवार १९:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिले नगरका विभिन्न परीक्षा केन्द्रमा सञ्चालनमा रहेको कक्षा १२ को परिक्षामा अमर्यादित भएको दाबी गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा मंगलबार गरिएको परिक्षा केन्द्रको अनुगमनका क्रममा विभिन्न परीक्षा केन्द्रमा नक्कल गर्ने उद्देश्यले लगिएका बस्तुहरु फेला परेपछि सो दाबी गरिएको हो ।
नगर प्रमुख डा धवल शम्शेर राणा नेतृत्वको टोलीले नेपालगन्जका सातवटा परीक्षा केन्द्रबाट नक्कल गर्नको लागि परीक्षा हलमा रहेका परीक्षार्थीको साथबाट किताब, गेसपेपर, किताबको पाना लगायतको बस्तु बरामद भएको जनाईएको छ ।
मंगलबार कक्षा १२ को विज्ञान(फीजीक्स)को परिक्षा भएको छ । उपप्रमुख उमा थापा, प्रवक्ता प्रमोद रिजाल, नगर शिक्षा ईकाई समिति प्रमुख गोरखबहादुर थापा र वडा अध्यक्षहरुसहितको टोलीले अनुगमनका क्रममा बरामद गरेको नक्कलगर्ने सामाग्री (चिट) पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
नगर प्रमुख डा राणाले संस्थागत रुपमै नक्कल गराउने कार्य भएको दावी गर्दै पहिलो पटकलाई कारवाही नगरिए पनि भोलीबाट यस्तो पाइएमा कारवाही गर्ने चेतावनी दिएको बताए । शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरिएको बताए ।
उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले शैक्षिक गुणस्तरमा खेलाईची नगरियोस् भन्ने हेतुले अनुगमन गरिएको र यस्ता कार्यलाई निरुत्साही गर्नु पर्नेमा जोड दिईन ।
उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले निजी विद्यालयका विद्यार्थीले परिक्षा दिइरहेको केन्द्रमा अझैं वेजोग देखिएको भन्दै चिट चोर्ने र चोराउने काम संस्थागत रुपमै भएको जीकीर गरे ।
यसैबिच, नेपाल शिक्षक महासंघ बाँकेले मङ्गलबार भएको परीक्षामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाको नेतृत्वमा कानूनले तोकेको भन्दा बढि र बाहिरका व्यक्तिहरु हुल बाँधेर परीक्षा केन्द्रमा जबरजस्ती प्रवेश गरेको आरोप लगाएको छ ।
महासंघ बाँके अध्यक्ष पवन कुमार यादवद्वारा जारी ध्यानाकर्षण पत्रमा मेयर राणाको नेतृत्वमा गएको टोलीका कारण परीक्षामा भय र त्रासको वातावरण सिर्जना भएको प्रति आपत्ती जनाउदै अनाधिकृत तरिकाले यस्तो अनुगमन बन्द गर्न आग्रह गरिएकोछ ।राष्ट्रिय परिक्षा बोर्ड, शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको अनुगमनकर्ताको पत्र र परिचय पत्र हेरी मात्र परीक्षा केन्द्रमा प्रवेश पाउने व्यवस्था भएपनि मेयरको नेतृत्वमा गएको टोलीले आफ्नो क्षत्राधिकार नाघेर भएको बाताबरण सृजना गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
यता राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गीरमान थापाले १२ कक्षाको परीक्षामा बाँके जिल्लाबाट ६ हजार ६ सय ३ सहभागी रहेको जानकारी दिए । उनले बैशाख २६ गतेसम्म संचालन गरिने परीक्षामा नियमिततर्फ ७ हजार ७ सय ८१ र आंशिकतर्फ४ हजार २ सय ४४ गरी जम्मा १२ हजार २५ जना विद्यार्थी सहभागी भएको बताए ।
उनले परीक्षा बाहिर हल्ला भएको जस्तो अमर्यादित नभएको दाबी गरे । उनले नेपालगन्ज उपमहानगरबाट मेयेर उपमेयर र कार्यकारीले मात्र अनुगमन गर्न सक्ने प्रावधान रहेको भन्दै सबै जना परीक्षा केन्द्रमा जान नहुने तर्क राख्दै आगामी दिनमा सबैतिरबाट परीक्षालाई मर्यादित बनाउन पहल गरिने र केही त्रुटी भए सच्याएर जाने बताए ।

Next Post

खजुरामा खेलमैदानको शिलान्यास

१७ बैशाख २०७६, मंगलवार १९:४९
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा नयाँ रङशाला निर्माणको बुधवार शिलान्यास गरिएको छ । खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले रङशालाको शिलान्यास गरे । प्रदेश सरकार र खजुरा गाउँपालिकाको सहयोगमा रङशाला निर्माण शुुरु भएको खजुरा गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले बताए । आदर्श आधारभुत विद्यालय डिगाउँको खेल […]