बाँकेमा १३ जना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता ३० बैशाख २०७८, बिहीबार १५:०२
 


नेपालगञ्ज  : बाँकेमा बिहीबार दिउसोसम्म १३ जना कोरोन संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार बेलुकी र बिहीबार दिउसोसम्म गरी १३ कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरू बाँके र आसपासका जिल्लाका संक्रमित छन् ।


यी सँगै बाँकेमा कोरोनाले बिहीबार दिउसोसम्म २ सय १६जनाको मृत्यु भएको छ । भने बाँके बाहेक बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय ६४ संक्रमितले उपचारको क्रममा ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा कार्यालयलाई बनाइयो आइसोलेशन केन्द्र

३० बैशाख २०७८, बिहीबार १५:०२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको छ । चारजना महिला र १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन तयार गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बिहिवार वडा कार्यालयमा […]

सम्बन्धित