कोहलपुरको शैक्षिक गुणस्तर सुधार्दै नारायणी

१४ फाल्गुन २०७५, मंगलवार १७:०८
 

सदरलाइनडटकम,
कोहलपुर : कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक नारायणी वलीको नेतृत्वमा रहेको बिद्यालय अनुगमन टोली आजभोली कोहलुर नगर भित्रका सामुदायीक तथा निजि बिद्यालयको अनुगमनका ब्यस्त छ ।
वली कोहलपुर नगरपालिका सामाजिक बिकास समितिको संयोजक भएपछि कोहलपुरका बिद्यालयको बास्तबिक अबस्था बुझ्न शिक्षा बिज्ञ सहितको टोलीको नेतृत्व गर्दै वली आजभोली दिनहुजसो कोहलपुरका बिभिन्न बिद्यालयमा पुग्ने गरेकी छन । कोहलपुर नगर शिक्षा समितिले वलीको नेतृत्वमा गठन गरेको शैक्षिक गुणस्तर समिति र सामुदायीक बिद्यालयमा कक्षा ८ सम्म निशुल्क गर्न गठन गरेको अध्ययन समितिले संयुक्त रुपमा बिद्यालयमा भौतिक अबस्था, शैक्षिक अबस्थाको निरिक्षण गर्नुका साथै शिक्षक, अभिभावक, बि ब्य स तथा शिक्षक अभिभावक संघका पदाधिकारी हरुसंग बिद्यालयमा नै छलफल गरी सुझाव समेत संकलन गर्ने गरेको छ ।
बिद्यालयले लागु गरेको पाठ्यक्रमर पाठ्यपुस्तक बिद्यार्थीको तह अनुसार ठिक छ छैन, पढाउने तौर तरिका, पाठ्यक्रम उद्देश्य अनुसार बिद्यार्थीको गुणस्तरमा बिकास भएको छ छैन लगाएतका बिषयमा थाह पाउन अनुगमन टोलीमा शिक्षा बिज्ञका रुपमा उप प्रध्यापक द्वय तोयानाथ पहाडी र यज्ञराज शर्मालाई समावेश गरिएको संयाजक वलीले बताइन । कोहलपुर नगर भित्रका बिद्यालयहरुले बास्तबिक अबस्था बुझी शैक्षिक सुधारका लागी पहल गर्न आफु सामाजिक समितिको संयोजक भएपछि पहिलो चरणमा बिद्यालय अनुगमनमा लागेको संयोजक वलीको भनाई छ ।
कोहलपुर नगरलाई शैक्षिक हब बनाउन पनि बिद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न आबश्यक रहेको उनको धारणा छ ।कागजी प्रमाणलाई मात्र आधार मानेर बिद्यालय लाई राम्रो नराम्रो भन्नु भन्दा पनि बिद्यालयको बास्तबिक अबस्था बुझ्न बिद्यालय अनुगमनलाई जोड दिएको संयोजक वलीको दाबी छ ।
वलीको नेतृत्वमा रहेको अनुगमन टोलीले दिएको प्रतिबेदनको आधारमा निजि बिद्यालयको शुल्क निर्धारण, पठ्यक्रमर पाठ्यपुस्तक का साथै सामुदायीक बिद्यालयलाई नगरपालिकाले उपलब्ध गराउने अनुदान निर्धारण,सामुदायीक बिद्यालयहरुमा कक्षा ८ सम्म निःशुल्क गर्न अपनाउनु पर्ने निति नियम निर्धारण गरिने कोहलपुर नगर शिक्षा प्रमुख राम सुरेश यादवले बताए ।

Next Post

राजधानीबारे तुलसीपुरमा सुझाव संकलन

१४ फाल्गुन २०७५, मंगलवार १७:०८
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ को स्थायी राजधानीकालागि दाङको बिकल्प नभएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सम्बाद समुह प्रदेश नं. ५ ले प्रदेशको स्थायी राजधानीका लागि गठित बिशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागि भएको छलफलमा मंगलवार बिभिन्न सरोकारवाला ब्यक्तिहरुले सुझाब दिएका हुन् । तुलसीपुरमा गरेको सुझाब […]