विभिन्न कार्यक्रमक साथ मनाईयो शौचालय दिवस

३ मंसिर २०७५, सोमबार १८:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके तथा बर्दियामा बिभिन्न कार्यक्रम गरी बिश्व शौचालय दिवस २०१८ भब्यताका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” भन्ने नाराका साथ मनाइएको हो ।
दिवसका अवसरमा बाँकेमा अन्तरक्रिया, ¥याली, सरसफाई कार्यक्रम तथा बर्दिया अन्तरक्रिया तथा सरसफार्य कार्यक्रम गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नंं. इ गाउँमा समदायका सर्वसाधारणबीच शौचालयको महत्वबारे अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामा सबैलाई शौचालयको आवश्यकतामा जोड दिइएको थियो ।
त्यस्तै वडा नं. ३ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय मनकामनापुरका बिद्यार्थीहरुले जनचेतनामुलक ¥याली निकालेका छन् । उनीहरुले शौचालय निर्माण गरौं, सावुन पानीको प्रयोग गरोैं, वातावरण सफा गरौं, बिश्व शौचालय दिवस सफल पारौं भन्ने जस्ता नारा लगाई मनकामनापुर टोलको परिक्रममा गरेको बिद्यालयका शिक्षक लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।
यस्तै डुडुवा गाउँपालिका वडा नं. ५ स्थित ज्ञानदिप माध्यमिक बिद्यालय डलैपुरमा सरसफाई कार्यक्रम गरिएको छ । बिद्यालयमा रहेको बाल क्लबको अगुवामा दिवसको अवसरमा बिद्यालय प्राङ्गणको सरसफाई गर्नुका साथै शौचालयको सरसफाई गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबीर थापाले बताउनुभयो । यस्तै समुदायमा सरसफाई सम्बन्धि अभिमुखिकरण समेत साोही वडामा गरिएको जनाइएको छ ।
यस्तै बर्दिया राजापुर वडा नं. ५ र ६ मा समुदायबीच सरसफाई सम्बन्धि अभिमुखिकरण गरिएको छ । शौचालय निर्माणछि अपनाउनुपर्ने सावधानी, सरसफाई र महत्व जस्ता कुराका बारेमा छलफल गरिएको थियोे । सरसफाईका क्षेत्रमा कार्य गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दियाको समन्वय, वडास्तरिय खानेपानी सरसफाई समन्वय समिति तथा बिद्यालयमा रहेका बाल क्लबको आयोजनामा बिबिध कार्यक्रम गरिएको हो ।
अहिलेसम्म नेपालमा करिब १ सय घर मध्ये ९८ घरमा चर्पी निर्माण भएको र ६० जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ भने ४ जिल्ला खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रक्रियामा रहेको छ । सन् २०३० सम्म सबैका लागि दिगो खानेपानी र सरसफाईको व्यवस्थापन गरी दिगो विकास लक्ष्य हासिल गर्न पनि यस वर्षको नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
नेपालले विश्व चर्पी दिवस मनाइरहेको सन्दर्भमा चर्पीलाई सधैँ सफा राख्ने, भरिएको चर्पीको मललाई सुरक्षित संकलन, ढुवानी र प्रशोधन गर्ने कार्यलाई प्रकृति र प्रविधिको तालमेल गरी कार्यान्वयन गर्न मन्त्रालयले अपिल गरेको छ ।

Next Post

नशालु पदार्थ खुवाई कुँवर नानपारामा लुटिए

३ मंसिर २०७५, सोमबार १८:३१
सदरलाइनडटकम, नेपालगन्ज  : भारतमा ज्याला मजदुरी गरी नेपाल आउदै गरेका एक युवक भारतमै लुटीएर अचेत अवस्थामा नेपाल आई पुगेका छन् । उनी नानपारा नजिकै लुटीएको हुन । भारतको दिल्लीमा ज्याला मजदुरी गरी नेपालगन्ज आउदै गरेका बाँके राप्ती सोनारी–४ का लालसिंह कुँवर लुटिएका हुन । उनलाई फ्रुटी जुसमा नशालु पदार्थ सेवन […]

सम्बन्धित