नेपालगञ्जमा टाटाको नेक्सन इभी म्याक्स

सदरलाइन संवाददाता ११ जेष्ठ २०८०, बिहीबार १७:३३
 

नेपालगञ्ज :  रुद्रप्रिया इन्टरनेशनल नेपालगञ्जले टाटाको नेक्सन इभी म्याक्स नेपालगञ्जमा बिक्रि बितरणको लागि सार्वजनिक गरेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट डिलर सेल्स म्यानेजर मेघराज ढुंगेल, इभी सेल्स सिनियर म्यानेजर निर्मल खत्री तथा डिलर पार्टनर माधव शर्माद्वारा संयुक्त रुपमा गरिएको हो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले बिहीबारबाट नेक्सन इभी म्याक्सको नेपालगञ्जमा विक्री वितरण शुभारम्भ गरेको हो ।

कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभी रु.४६ लाख ४९ हजारको आकर्षक मूल्यमा उपलब्ध रहेको छ । गाडीमा ७.२ किलोवाटको बैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ ।

४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ ।


गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।

यस गाडीमा मल्टी–मोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विच मार्फत रिजेनेरेटिभ ब्रेकिङ्गको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ्ग अवस्था अनुरुप रिगेनको चार विभिन्न लेबलहरु मध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ० मा शुन्य रिक्युपरेटिभ ब्रेकिङ्गदेखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

नेक्सन इभी म्याक्समा एक अर्को अभुतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरुलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपीसिक्ससेभेनद्वारा प्रमाणित पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण

११ जेष्ठ २०८०, बिहीबार १७:३३
नेपालगञ्ज : नेपालगञ्जमा आज हरित सीप तथा हरित रोजगारी सम्बन्धि एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास मञ्च (एसडिएफ)दको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा स्थानीय निकायका पदाधिकारीहरुका लागि हरित सीप तथा हरित रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो । जलबायु परितर्वनको बढ्दो […]

सम्बन्धित