आइसीसी विश्वकप क्रिकेट ट्रफी पुग्यो पोखरा

१० कार्तिक २०७५, शनिबार १६:२९
 

सदरलाइनडटकम,
पोखरा : आइसीसी विश्वकप क्रिकेट ट्रफी शनिवार पोखरा आइपुगेको छ । पोखरा रंगशालामा पोखरा प्रिमियर लिग (पीपीएल) चलिरहँदा क्रिकेट प्रेमीले घरेलु मैदानमै ट्रफी अवलोकन गर्न पाएका हुन् ।
विश्वकप ट्रफी क्रिकेटर सन्दीप लामिछानेले सार्वजनिक गरेको ट्रफीको सञ्चारकर्मीलाई फोटो खिच्ने समय दुई मिनेटमात्र दिइएको थियो । नेपाली सबै क्रिकेट खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा ल्याइएको हो ।
शुक्रवार दिउँसो काठमाण्डौ आएको ट्रफी नेपालमा तीन दिन राखेर सोमवार फिर्ता लगिने छ । आइसीसीले विश्व भ्रमणका क्रममा विश्वकप ट्रफी नेपालमा समेत प्रदर्शन गरेको हो । ‘ट्रफी टुर’को मुख्य उद्देश्य क्रिकेटको ‘क्रेज’ बढाउनु र पर्यटन प्रवर्धन गर्नु रहेको बताइएको छ ।
विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्टइण्डिज, श्रीलंका, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) हुँदै नेपाल ल्याइएको हो । ट्रफी नेपालबाट भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवाण्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै इङ्ल्याण्ड लगिनेछ ।
सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म इङ्ल्याण्ड र वेल्समा आइसीसी विश्वकप हुने भएकोले विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

Next Post

स्थापना दिवसका अवसरमा तरुण दलद्वारा कपडा वितरण

१० कार्तिक २०७५, शनिबार १६:२९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफ्नो स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकलाई कपडा वितरण गरेको छ । तरुण दल बाँकेले ६५औं स्थापना दिवसका अवसरमा शनिवार निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्र्थापना सेवा केन्द्रमा रहेका असहाय तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । केन्द्रमै गरिएको […]