सदरलाइनडटकम,
दाङ : अज्ञात रोगका कारण दाङमा ६० भन्दा बढी बाख्रा मरेका छन् । बबई गाउँपालिका ७ स्थित सिमलकुना र रावततारा गाउँमा अज्ञात रोगका कारण ६० बढी बाख्रा मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङले जनाएको छ ।
ज्वरो आउने, स्याँस्याँ गर्ने र सिगाँन छोड्ने त्यसपछि मर्ने गरेको केन्द्रका पशु प्राबिधिक धु्रब बस्नेतले बताए । रोगको पहिचानका लागि सुर्खेत नमुना परिक्षणका लागि पठाउने प्रकृया सुरु भएको उनको भनाई छ ।
रोग नियन्त्रणका लागि गाउँमै उपचार चलिरहेको छ । साथै बबई गाउपालिका अध्यक्ष भुबनेश्वर पौडेलले पनि घटनाका बारेमा जानकारी लिदै उपचारमा कमी आउन नदिने बताएका छन् ।
