परियोजना कर्मचारिहरुका लागि क्षमता विकास तालिम सम्पन्न

सदरलाइन संवाददाता २५ कार्तिक २०७७, मंगलवार १८:१३
 


नेपालगञ्ज : प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा संचालित प्रत्याभुत संचार परियोजना अन्तरर्गतका कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्घि तालिम बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

संचालित परियोजनाको लक्ष्य, उदेश्य, यसको कार्यनीति, रणनीति तथा आगामी दिनमा कसरी गुणस्तरिय तरिकाले परियोजना संचाल्लन गर्ने सन्दर्भमा परियोजनाको कार्ययोजना र परियोजना संचालनका क्रममा आउन सक्ने समस्या र जोखिम न्युनिकरणका उपायहरु बारे छलफल गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपालका सहयोगी बालकबालिका एवम सहयोगीदाता बिचको सुमधुर सम्बन्ध कायम गर्नका लागि उत्पादन गरिने बिभिन्न प्रकारका कागजपत्रहरुको सहि तरिकाले अभिलेखिकरण तथा समुदायमा उत्पादन हुने एससिआई÷एससियु र अन्य सुचनाहरुको गुणस्तरीयताका बिषयमा समेत छलफल र अभिमुखिकरण गरिएको स्याकका फिल्ड अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले तलिमको समापन सत्रमा बोल्दै प्लान इन्टरनेशनल नेपालको प्रायोजित संचार कार्यक्रम मुटुको रुपमा रहेको र यसले सहयोगीदाता र सहयोगी बालबालिकासंगको सुमधुर सम्बन्ध कायम गर्न र सहयोगीदाताहरुले दिने सहयोगबाट बाँके, बर्दिया जिल्लाका बिभिन्न पालिकाहरुका बिभिन्न समुदायहरुको बिकासमा टेवा पुगिरहेको र यसको प्रभावकारीता र गुणस्तरिय कागजात निर्माणका लागि हामी सबैको महत्वपुर्ण जिम्मेवारी बढ्ने बताए ।


उनले यस तालिमले कर्मचारीहरुको क्षमता बिकासमा थप पुग्नुका साथै आगामी दिनमा समुदायस्तरवाट उत्पादन हुने कागजपत्रको गुणस्तर बृद्धि हने आशाका साथै समयमा योजना गरियका क्रियाकलापहरु सम्पन्न हुने बताए ।

तालिममा परियोजनामा भएका करिब १० जना कर्मचारिहरु र कार्य समितिका पदाधिकारीहरु गरि जम्मा १५ जनाको सक्रिय सहभागीता रहेको थियिो । तालिम गुलरिया नगरपालिकामा सोमवारदेखि शुरु भई मंगलवार सम्पन्न भएको छ । २ दिने तालिमको सहजिकरण सहजकर्ता स्नेहलता श्रेष्ठले गरेकी थिईन ।

तालिममा सहभागीहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले जानकारी दिए ।

 

Next Post

बाँकेमा बुधवार २१ जना डिस्चार्ज

२५ कार्तिक २०७७, मंगलवार १८:१३
नेपालगञ्ज : बाँकेमा बुधवार २१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १२ पुरुष र ९ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ५० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

ताजा अपडेट