फिलिपिन्समा शक्तिशाली आँधी आउँदा तीनको मृत्यु, चार घाइते

३० भाद्र २०७५, शनिबार १६:५०
 

सदरलाइनडटकम,
काठमाण्डौ : फिलिपिन्समा शनिवार आएको शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले धेरै भौतिक संरचनामा क्षति पुर्याउने त्यहाँका अधिकारीहरुले अनुमान गरेका छन् ।
१ सय ८५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको उक्त आँधीले आफ्नो मार्गमा पर्ने सबै संरचनालगायतका रुखहरु भाँचेको बताइएको छ । मौसमविद्हरुले आँधी आउने बेलामा घरबाहिर ननिस्कन र सुरक्षित तरिकाले घरभित्रै बस्न आह्वान गरेका थिए ।



स्थानीय समयानुसार शुक्रवार राति १ बजेर ४० मिनेटमा आएको आँधीपछि त्यो क्षेत्रमा विद्युत सेवा ठप्प भएको र हजारौँ जनालाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी मंगलवारसम्म आँधी चली रहने मौसमविद्ले जनाएका छन् ।
(एजेन्सीको सहयोगमा)

Next Post

मधेशी मुस्लिम किशोरकिशोरीलाई जीवन उपयोगी तालिम

३० भाद्र २०७५, शनिबार १६:५०
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरामा सञ्चालित किशोरकिशोरीहरुका लागि तीन दिने जीवन उपयोगी तालिम शनिवार सम्पन्न भएको छ । फेल्म नेपाल संस्थागत विकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुरा बाँकेले आयोजना गरेको तालिममा ३६ जना किशोरकिशोरीको सहभागिता थियो । तालिममा किशोरकिशोरीको शारीरिक परिवर्तन, ब्यवहारमा आउने समस्या, लागुऔषध दुब्र्यसनीबाट बच्न सकिने […]

सम्बन्धित