हस्तान्त्रण नहुँदै सडक जिर्ण बनेपछि उप–महानगरद्वारा मर्मत शुरु

१४ भाद्र २०७५, बिहीबार १४:४३
 

सदरलाइनडटकम
नेपालगन्ज  : एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्मित जमुनाह–राँझा सडकखण्डको सुर्खेतरोड फोरलेन सडकमा हस्तान्त्रण नहुँदै अत्याधिक खाल्टाखुल्टीका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै उप–महानगरपालिकाले आफ्नै पहलमा मर्मत सुरु गरेको छ ।
नेपालगन्ज उप–महानगरका कार्यबाहक मेयर प्रमोद रिजालले मंगलबार विहान सुर्खेतरोडमा जमुनाहदेखि राँझाचोकसम्म रहेका खाल्टाखुल्टीका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्ने जनगुनासो बढेपछि अनुगमन गरी तत्काल उप–महानगरबाट त्यास्ता खाडल पुर्ने र आवगमन सहज पार्न थालिएको जानकारी दिए ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा पप्पु कन्सट्रक्सनले बनाएको सो सडक मर्मत संभारकै अबधीमा भत्केर खाल्टाखुल्टी हुँदा पनि मर्मतको चासो नलिएको भन्दै राँझा–जमुनाहा सडक खण्डको फोरलेन सडकमा ६० भन्दा बढी खाल्टाखुल्टी रहेको र ती सबै पुर्न नेपालगन्ज उप–महानगरका कार्यबाहक मेयर रिजाल सक्रिय रुपमा अगाडि बढेका हुन ।
‘ठेकेदारले सडक निर्माणको विषयमा गुणस्तर लागायतका विषयहरु विवाद भएको कारण हस्तान्त्रण नगरेको र अहिले पनि मर्मत कै अवधी रहेको हुँदा ठेकेदारलाई भन्दा पनि सुनुवाई नभएपछि ठेकेदारबाट असुल उपर गर्ने गरी उप–महानगरले काम सुरु गरेको हो’–उपमहानगरका प्रवक्ता समेत रहेका कार्यबहाक मेयर रिजालले भने ।
नेपालगन्ज राझाँ सडकखण्ड पप्पु कन्सट्रक्सनले निर्माण गरेको ठेक्काको समय अवधी बितिसक्दा पनि नेपाल सरकारलाई हस्तान्तरण नगर्दा स्थानीय सरकारले सडक मर्मत गर्नु परेको हो । हस्तान्तरण नगर्दै सडक जिर्ण बन्दै गएका कारण नेपालगन्ज उप–महानगरले सडकका खाल्टाखुल्टी पुर्ने अभियान नै चलाएको साथै जनस्तरबाट सडक निर्माणको माग बढेका कारण निर्माण गर्न लागिएको उप–महानगरका कार्यवाहक मेयर रिजालले बताए ।
वीपीचौकमा रहेको खाल्डो मेयर रिजालको अग्रसरतामा खानेपानी कार्यालयसँगको समन्वयमा पुरिएको छ । खाल्डा पुर्नका लागि रिजालले खानेपानी कार्यालयसँग समेत समन्वय गरेका छन । सडक खन्दा सडकको बीच भागमा फुटेको ह्यूमपाईप राखिएको पाइएको छ ।
सुर्खेतरोडमा खानेपानीको पाईप फुटेर समेत सडक बिग्रिएको बिषयमा कार्यबाहक मेयर रिजालले खानेपानी कार्यालयको ध्यानाकर्षण गराएको बताए । सुर्खेतरोडका खाल्टाखुल्टी पुर्नका लागि मंगलबार अनूगमन गरी स्टिमेट तयार गरी, ठेकेदारलाई जिम्मा लगाइएको हो ।  

Next Post

तीन दिनसम्म वर्षातको अनुमान

१४ भाद्र २०७५, बिहीबार १४:४३
सदरलाइनडटकम, काठमाण्डौ : आगामी तीन दिनसम्म देशभर बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बुलेटिन जारी गर्दै दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना जनाएको छ । राति देशका अधिकांश स्थानमा बदली भई […]

सम्बन्धित