पूर्वराजदूत झा हत्या अभियोगमा दुई पक्राउ

४ भाद्र २०७५, सोमबार १५:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : आफ्नै निवासमा हत्या गरिएको अवस्थामा भेटिएका पूर्वराजदूत केशव झाको हत्याअभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ८० वर्षीय झाको टाउकोमा चक्कुले हानेको अवस्थामा सोमवार बिहान शव भेटपछि सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नयाब उपरीक्षक मोहनकुमार थापाले बताए ।
शव आफ्नै कोठामा शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान शुरु गरिएको थापाले जानकारी दिए । पूर्वराजदूत झाको घरमा काम गर्दै आएका सुरक्षा गार्ड सानु तामाङ र माली अमर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । झा बबरमहलस्थित घरमा पत्नी र सहयोगीसहित बस्दै आएका थिए । झा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए ।

Next Post

सर्पले टोक्दा दाङमा बालकको मृत्यु, एक घाईते

४ भाद्र २०७५, सोमबार १५:२०
सदरलाइनडटकम, दाङ : सर्पले टोक्दा दाङमा एक बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घरमा सुतिरहेको बेला तुलसीपुर १२ का १२ बर्षीय राजु चौधरीलाई आईतवार बिहान सर्पले टोकेको थियो । सर्पको टोकाईबाट सिकिस्त भएका उनलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उपचाका क्रममा […]