सर्पले टोक्दा दाङमा बालकको मृत्यु, एक घाईते

४ भाद्र २०७५, सोमबार १६:२३
 

सदरलाइनडटकम,
दाङ : सर्पले टोक्दा दाङमा एक बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । घरमा सुतिरहेको बेला तुलसीपुर १२ का १२ बर्षीय राजु चौधरीलाई आईतवार बिहान सर्पले टोकेको थियो ।
सर्पको टोकाईबाट सिकिस्त भएका उनलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भर्ना गरिएको थियो । उपचाका क्रममा चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यस्तै सर्पको टोकाईबाट दाङ शान्तिनगर गाउँपालिकाका एक बालक घाइते भएका छन् । घरमा वडा नं. २ बाघमारेस्थित घरमा बसिरहेका १२ बर्षीय युवराज वलीलाई सोमवार बिहान सर्पले टोकेको हो ।
राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको दाङ प्रहरीले बताएको छ ।

Next Post

अफगानिस्तानमा डेढसय जना अपहरित

४ भाद्र २०७५, सोमबार १६:२३
सदरलाइनडटकम, काठमाण्डौ : तालिबानी आतंककारी समूहले अफगानिस्तानमा यात्रु सवार तीनवटा बस सोमवार अपहरण गरेको छ । उत्तरी प्रान्त कुन्दुजको खान अबादमा आतकंकारीले अपहरण गरेको बसमा करीब डेढसय बढी यात्री सवार रहेको त्यहाँका गभर्नर हयातुल्ललाह आमिरीले समाचार एजेन्सीहरुलाई बताएका छन् । स्थानीय समयानुसार बिहान ४ बजे अपहरण गरिएको बसमा चढेका स्थानीयहरुलाई मुक्त […]