सदरलाइनडटकम
नेपालगन्ज : महालक्ष्मी विकास बैंक लिमिटेड नेपालगन्जले ५ जना सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपालगन्ज उप–महानगरपालिका–१ को धम्वोझी माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत जेहन्दार तथा गरीब ५ जना विद्यार्थीलाई नगद रकम सहित छात्रबृत्ति बितरण गरीएको हो ।
नेपालगन्ज उप–महानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजाल र बैंकका प्रबन्धक राजेन्द्र शाहले संयुक्त रुपमा बुधबार आयोजित एक कार्यक्रमका विच जनही ५ हजारका दरले सो विद्यालयका ५ जना विद्यार्थीलाई रकम प्रदान गरे ।
शाखा कार्यालयका प्रवन्धक शाहले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई बैंकले निरन्तरता दिने प्रतिबद्धता जनाए ।
