सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा देशभर १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा चार हजार ६ सय ८८ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रवार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या २ सय ८५ छ भने हालसम्म निको हुनेको कुल संख्या ११ हजार ५३५ रहेको छ ।
