सूचना प्रविधि दिवश : गाउँसम्म पु¥याउन जोड

१९ बैशाख २०७५, बुधबार ११:४३
 


सदरलाइनडटकम
१९ बैशाख, नेपालगन्ज :  बाँके लगायत देशभर बुधवार सूचना प्रविधि दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवशमा बोल्ने बक्ताहरुले सूचना प्रविधिको उच्चतम् विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले स्थानीय सरकारलाई यस बिषयमा ध्यानार्कषण समेत गराएका छन् ।
यसै दिवशको अवसरमा नेपालगन्जमा आयोजना गरिएको प्रभातफेरीमा बोल्दै कम्प्युटर एशोसियन अफ नेपाल ( क्यान) का केन्द्रीय सदस्य इश्र्वर पोख्रेलले सूचना प्रविधिको प्रयोग अनिवार्य भएको बताए ।
‘केन्द्र,प्रदेश र स्थानीय तहका सरकारलाई सूचना प्रविधि मैत्री बनाउन जरुरी भएको छ ।’— पोख्रेलले भने । प्रभातफेरीमा बोल्दै क्यान प्रदेश नम्बर ५ का अध्यक्ष सुदिप शर्माले स्थानीय तहलाई सूचना प्रविधिको पहुंचमा पु¥याउन नीजि क्षेत्र तयार रहेको बताए । उनले भने,—‘सूचना प्रविधिको प्रयोग बिना विकास असम्भव छ । हामी यी बिषयमा सहकार्य गर्न तयार
छौं ।’
क्यान बा“केका अध्यक्ष भोजराज तिमिल्सेनाले सूचना प्रविधिको बिस्तारका लागि गाउ“—गाउ“मा गएर कार्यक्रमहरु गर्ने योजना अघि सारिएको बताए ।

Next Post

ग्राण्डी अस्पतालले मोटोपन (ओबिसिटी) बिशेष क्लिनिक संचालन गर्दै

१९ बैशाख २०७५, बुधबार ११:४३
सदरलाइनडटकम  १९ बैशाख, काठमाण्डौ : मोटोपनका कारण दुःखी हुनेहरुका लागि खुसिको खवर छ । मोटोपन निवारणको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यसै मे महिनाबाट मोटोपन बिशेष क्लिनिक अर्थात ओबिसिटी क्लिनिक संचालन गर्दैछ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार आगामी नौ तारेखदेखि शुरु गरिन लागेको यो ओबिसिटी क्लिनिक शुरुमा बुधबार र शुक्रबार […]