बर्दिया : बर्दिया प्रहरीले गत आर्थिक वर्षमा लागू औषध कारोबारको मुद्दामा २७ मुद्दा दर्ता गरी ३८ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख तथा प्रहरी उपरिक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा दर्ता भएका लागू औषध कारोवारका मुद्दामा ३८ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले गत आर्थिक वर्षमा गाँजा ४ किलो १ सय ५३ ग्राम, चरेश ५ किलो ६ सय ९६ ग्राम, अफिम २६ किलो ५ सय ग्राम, ब्राउन सुगर ५७ ग्राम ८० मिलिग्राम, नाईट्रोभ्याट ट्याबलेट ७ सय ४८ वटा नियन्त्रणमा लिएको जनाएको छ ।
बर्दिया प्रहरीले चालु आर्थिक वर्षको १५ दिन मै १९ नाईट्रोभ्याट ट्याबलेट, बा्राउन सुगर २ ग्राम २ सय ८० मिलिग्राम सहित ४ वटा मुद्दामा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी उपरिक्षक कार्कीले लागूऔषध समाजलाई अध्यारो तिर धकेल्ने भएकोले बर्दिया प्रहरीले विषेश प्राथामिकतामा राखेर यसको निस्तेज र निर्मूल पार्न विषेश अभियान सञ्चालन गर्दै आएको बताए ।