शुभकामना आदानप्रदानसंगै जेष्ठ नागरिक सम्मान

१ बैशाख २०७५, शनिबार १३:२७
 

सदरलाइनडटकम
१ बैशाख, नेपालगन्ज : नयाँ वर्षको अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसंगै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वी सामुदायिक सीकाई अध्ययन केन्द्र नेपालगन्जको आयो जनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरका उपमेयर उमा थापा मगरले ६५ वर्षिय रेस्मा रोका, ७० वर्षिय भुपेन्द्र प्रसाद शर्मा र ६५ वर्षिय प्रेमकली वढईलाई दोसल्ला ओढाएर सम्मान गरिन ।
उपमेयर थापाले समाजमा आफ्नो अमुल्य प्रेरणादायी काम गरी रहेका जेष्ठ नागरिकलाई सम्मानका साथै आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउदै नगरमा अहिले भइरहेका विकास निर्माणका काममा जेष्ठ नागरिकले पनि खवरदारी गर्नुपर्ने बताईन ।
कार्यक्रममा वोल्दै समाजसेवी मनवीर नेपालीले जेष्ठ नागरिकहरुमा भएको सीपलाई अभिलेखीकरण गरी नयाँ पुस्तामा हस्तान्तरणका लागि पहल गर्न सके जेष्ठ नागरिकहरुको सम्मान हुने धारणा राखे ।
यसैबीच, नेपाल सरकारले विद्यालय वाहिर रहेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि भर्ना अभियान थालेकोले यो अभियानलाई सहयोग गरी दिन सो सिकाई अध्ययन केन्द्रका अध्यक्ष तारा खनालले सवैलाई आग्रह गरे । कार्यक्रममा समाजसेवी गणेश जिसी, डम्बरराज सुवेदी लगायतको उपस्थीति रहेको थियो ।


Next Post

खेल्दै सिक्ने केन्द्र एक वर्ष थप सञ्चालन गर्न त्रीपक्षिय सम्झौता

१ बैशाख २०७५, शनिबार १३:२७
सदरलाइनडटकम  १ बैशाख, नेपालगन्ज : विद्यालय जनाबाट बञ्चित, बालश्रममा लागेका, बिद्यालय भर्ना भएर विचमै पढाई छोडेका बालबालिकालाई लक्षित गरेर २ वर्ष अघिदेखि नेपालगन्जमा संचालन भैरहेको ‘खेल्दै सिक्ने केन्द्र’लाई थप एक वर्ष संचालन गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ । हाल नेपालगन्जका दुई वटा स्थानमा संचालनमा रहेका खेल्दै सिक्ने केन्द्रलाई फेज […]