सन्तलियाका अग्नी पीडितलाई नगद रकम वितरण

१४ चैत्र २०७४, बुधबार १९:४२
 

सदरलाइनडटकम 
१४ चैत, नेपालगन्ज  :  बाँकेको डुडुवा गाउँपालिकाले वडा नं.१ सन्तलिया गाउँका अग्नी पीडितलाई राहत स्वरुप नगद रकम वितरण गरेको छ । गाउँपालिकाले ४ जना अग्नी पीडित परिवारलाई नगद २ हजारका दरले वितरण गरेको हो ।
बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष पटेश्वर कुर्मीले सो रकम पीडितलाई हतान्तरण गरेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले आग्नी पीडितलाई थप राहतका लागि सम्वन्धित निकायमा पहल गर्ने आश्वासन दिए । आगलागीबाट आगो निभाउने क्रममा घाईते एक जना स्थानीय र पशु जनावरको गाउँपालिकाले निशुल्क रुपमा उपचार गरि रहेको गाउँपालिकाले जनाएको छ ।
तीनदिन अघि एक्कासी भएको आगलागीले स्थानीय मुनी अहमद शेष र निसार अहमद खां सहितको ४ वटा घरगोठ जलेर नष्ट हुँदा ४ वटा जनावरसमेत जलेका थिए ।

 


 

Next Post

नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थल बनाउन माग

१४ चैत्र २०७४, बुधबार १९:४२
सदरलाइनडटकम  १४ चैत, नेपालगन्ज  :  नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न पहल गरिएको छ । नेपालगन्ज उप–महानगरको अगुवाईमा बुधबार बसेको सर्वदलीय वैठकले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमान स्थलकारुपमा विकास र विस्तार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसँग अनुरोध गरेको हो । उप–महानगरका प्रमुख डा धवल शम्शेर राणाको अध्यक्षतामा […]

सम्बन्धित