महोत्सवमा सुरक्षाको लागि सिसि टिभीबाट निगरानी गरिदै

३ माघ २०७४, बुधबार १८:५२
 

सदरलाइनडटकम 
३ माघ, नेपालगन्ज  : नेपालगन्जमा सञ्चालन हुने प्रादेशिक महोत्सवको सुरक्षाका सिसिटिभिबाट निगरानी गरिने भएको छ । महोत्सव आयोजक मूल समारोह समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीसहित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग सो विषयमा छलफल गरेको जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले महोत्सवका क्रममा आवश्यक पर्ने सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइदै आयोजक पक्षसंग निरन्तर सम्पर्कमा रही सुरक्षा समन्वय गरिने बताए ।
नेपाल प्रहरीको दंगा नियन्त्रण गणका प्रहरी उपरिक्षक केदार रजौरे, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर, नेपालगन्जका सशस्त्र प्रहरी उपरिक्षक फणिन्द्रराज पौडेल, औद्यागिक सुरक्षा गण बाँकेका सशस्त्र प्रहरी उपरिक्षक शैलेन्द्र भण्डारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अर्याल लगायतका सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा पूर्ण सुरक्षाको प्रत्याभुती गरिने प्रतिबद्धता जनाए । सो अवसरमा ट्राफिक व्यवस्थापन मजबुत बनाउने बिषयमा छलफल भएको थियो ।
सो अवसरमा बोन्दै महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सवमा सुरक्षाको बिषयमा सुरक्षा निकायसंग निरन्तर सम्पर्क र समन्वय गरिने बताए । उनले सुरक्षाका बिषयमा कुनै सम्झौता नगरिने पनि बताए । अध्यक्ष बैश्यले महोत्सवस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि सिसि टिभी क्यामेराबाट निगरानी गरिने उल्लेख गरे । बैश्यका अनुसार त्यसका लागि महोत्सवस्थलमा दुई दर्जन बढि सिसि टिभी जडान गरिएको पनि जानकारी दिए ।
सुरक्षा निकायसंगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं महोत्सव सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक अब्दुल वाहिद मन्सुरीले आयोजकका तर्फबाट गरिने सुरक्षा सम्बन्धी व्यवस्थाका बिषयमा जानकारी गराएका थिए । मन्सुरीले सेक्युरेटी गार्ड, स्वयंसेवकको आन्तरिक सुरक्षा व्यवस्थापनका अलावा सुरक्षा निकायको मुख्यरुपमा साथ लिने बताए ।
सुरक्षा निकायसंगको छलफलमा नेपाल उद्योग वणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपध्यक्ष दुर्गाप्रसाद भण्डारी, महासचिव अजय टण्डन, उपमहासचिव तारा खत्री रोकाय लगायतका पदाधिकारी एवं कार्यसमितिका सदस्य, २२ वटै उपसमितिका संयोजकहरुको सहभागिता रहेको थियो ।
महोत्सवलाई यस क्षेत्रकै उत्सवका रुपमा मनाउने तयारी भएकाले सुरक्षाको बिषयलाई पनि गम्भीरतापूर्वक लिइएको महोत्सव प्रचार, प्रसार उपसमितिका संयोजक बसन्त लामिछानेले जानकारी दिएका छन् । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यहि माघ ११ देखि २२ गतेसम्म नेपालगञ्ज स्थित सडक डिभिजन कार्यालय परिसरमा संचालन हुँदैछ । 

Next Post

नर्सिङ्ग स्टाफहरुको आन्दोलनको समयाबधी बढ्यो, सेवाग्राही मर्कामा

३ माघ २०७४, बुधबार १८:५२
सदरलाइनडटकम ४ माघ नेपालगन्ज : मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्सिङ्ग स्टाफ निष्काशनको बिरोधमा नेपाल नर्सिङ्ग संघले आव्हान गरेको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । बिहीबारदेखि उनीहरुले एक सिफ्ट डियूटी अवज्ञा गर्ने आन्दोलन सुरु गरेका कारण बाँकेका विभिन्न अस्पतालमा उपचारमा आउने सेवाग्राही मर्कामा परेका हुन् । उनीहरुको आन्दोलनका कारण नेपालगन्जको […]