कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजा ‘भिभो’ ब्राण्डको स्मार्टफोनको आधिकारिक बिक्रेता

२९ पुष २०७४, शनिबार १८:१३
 

सदरलाइनडटकम
२९ पुस, नेपालगन्ज :  नेपालगन्जको सेतु विकचोकमा सञ्चालनमा रहेको कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजाले ‘भिभो’ ब्राण्डको स्र्माटफोनको अधिकारीक बिक्रि बितरण सुरु गरेको छ ।
‘भिभो’ ब्राण्डका विभिन्न मोडलका स्मार्टफोनको आधिकारिक विक्रिको लागि कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजाले आगामी एक महिना भित्र सर्भिस सेन्टर समेतको स्थापना गर्ने गरी डिलरसिप लिएको सञ्चालक थमप्रसाद कंडेलले जानकारी दिए ।
उनले सदरलाइनडटकमसंग कुरा गर्दै भने–‘बाँके र बर्दियाका स्मार्टफोनको पारखीहरुको लागि लक्षित गर्दै कान्तिपुर ईलोक्ट्रोनिक्स प्लाजा नेपालगन्जले ‘भिभो’ ब्राण्डको स्र्माटफोनको अधिकारिक बिक्रि बितरण (डिलर) लिएको छ । आगामी एक महिना भित्रै यसको सर्भिस सेन्टर समेत स्थापना गर्दै छौ ।’
उनले अहिले आफुहरुसंग ३ वटा मोडल मात्र विक्रिको लागि रहेको जानकारी दिए । खासगरी स्लीम मेटालिक बडी, सेल्फीको लागि फिंगर प्रिन्ट भएको र क्वालिटी फोटोको लागि ‘भिभो’ ब्राण्डका विभिन्न मोडलका स्मार्टफोनहरु उत्तम रहेको दाबी गरे ।
१५ हजार ६ सयदेखि ३१ हजार ५ सयसम्मका ‘भिभो’ ब्राण्डका विभिन्न मोडलका स्मार्टफोन आफुसंग विक्रिको लागि रहेको उनले बताए । आफुसंग भएका मोडल मध्य भि–७ सबै भन्दा बढी मुल्यको ३१ हजार ५ सय पर्ने जानकारी दिदै यसमा ४ जिबि र्याम, अगाडि २४ मेघा पिक्सल र पछाडि १६ मेघा पिक्सल क्यामेरा, मेटल स्लिम बडी, फिंगर प्रिन्ट र ३२ जिबि ईन्टरनल मेमोरी रहेको बताए ।
यसैगरी भि–६५ मोडलको मुल्या २० हजार ९ सय ९० मुल्यमा रहेको ३ जिबि र्याम, अगाडि १३ मेघा पिक्सल क्यामेरा, मेटल स्लिम बडी, फिंगर प्रिन्ट र १६ जिबि ईन्टरनल मेमोरी छ । अर्को मोडल वाई–५३ को मुल्य १५ हजार ६ सय पर्ने र यसमा २ जिबि र्याम, अगाडि ८.५ मेघा पिक्सल क्यामेरा, मेटल स्लिम बडी, फिंगर प्रिन्ट र १६ जिबि ईन्टरनल मेमोरी लगायतका फिचर रहेका छन् ।   

Next Post

सितलहर र चिसोका कारण नेपालगन्जको फुटपाथमा जुत्ता चप्पल सिउनेहरु समस्यामा

२९ पुष २०७४, शनिबार १८:१३
सदरलाइन / सुनिता बर्मा   २९ पुस, नेपालगन्ज : तराईको कठांँग्रीदो चिसो त्यसमा पनि नेपालगन्जमा लागेको बाक्लो हुस्सुसंगै मुटु छेड्ने शीतलहरको चिसो स्याँठका कारण नेपालगन्जमा दैनिक काम गरेर गुजारा गर्नेहरुको दिनाचार्य कष्टकर बन्दै गएको छ । नेपालगन्जको धम्बोझी चोकमा जुत्ता सिउँने काममा व्यस्त ७० वर्षिय मानबहादुर सार्कीले लगातारको चिसोको कारण साँझ […]