समयानूकुल शिक्षा नीति निर्माण गरिनु पर्छ : उपकुलपति कोईराला

५ पुष २०७४, बुधबार १७:२२
 

सदरलाइनडटकम
५ पुस, नेपालगन्ज : नेपालगन्जमा जारी आठौ राष्ट्रिय शैक्षिक महोत्सव समयानूकुल शिक्षा नीति निर्माणको लागि राज्यलाई सुझाव दिदै बुधबार समापन भएको छ ।
गत मंसिर २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गरेको सो महोत्सवको मध्यपश्चिम विश्वबिद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाको प्रमुख आतिथ्यमा शिक्षा नीति समय अनुसार परिवर्तन हुनुपर्ने कुरामा जोड दिदै समापन भएको हो ।
सो अवसरमा आफ्नो भनाई राख्दै उपकुलपति काईरालाले नबद्लिएको शिक्षा नीतिले राष्ट्रलाई अघि बढ्नबाट रोक्ने भएकोले तत्काल समयको माग अनुसारको शिक्षा नीति निर्माण गर्न आवश्यक भएको औल्याए ।
उनले भने–‘समाजलाई सही मार्गमा डो¥याउने शिक्षा नीतिहरु सरोकारावाला निकायका तर्फबाट समायानुकुल बनाउ“दै लैजान पहल हुनुपर्छ । त्यो भएको छ की छैन ? यस विषयमा बहसहरु तीब्र पार्नुपर्छ ।’ कोईरालाले समाजमा शिक्षाको जागरण फैलिएकाले शिक्षा नीति परिवर्तन गर्न सरोकारावाला निकाय पनि गम्भीर बन्नेमा आफु बिश्वस्त भएको उल्लेख गरे ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बा“केले पहिलो पटक आयोजना गरेको सो महोत्सवको समापनमा बोल्दै उनले यस क्षेत्रमै पहिलो पटक शैक्षिक महोत्सव आयोजना गरेर आयोजकले शिक्षा क्षेत्रमा जागरण ल्याउने काम गरेको भन्दै उनले प्रशंसा समेत गरे ।
सोही समारोहमा बोल्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय महासचिव नवनीधि पन्तले राज्यले पाठ्यपुसतक उत्पादन तथा बिक्री बितरणमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको भन्दै असन्तोष पोखे ।
उनले भने–‘अस्पष्ट सरकारी नीतिका कारण पाठ्यपुस्तकको उत्पादन, बिक्री बितरण र ढुवानीमा समस्या नै समस्या झेल्नुपरेको छ ।’ महासचिव पन्तले साझा प्रकाशनको मुल्य मै नीजि क्षेत्रलाई समेत पाठ्यपुस्तक उत्पादनमा प्रोत्साहन गर्न आग्रह समेत गरे ।
बा“केका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले शैक्षिक जागरणका लागि शैक्षिक महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । शिक्षाले मात्र देशलाई परिवर्तन गर्ने उनको दावी थियो ।
नेपालगन्ज उदोग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नीजि क्षेत्रमा गरिने मेला, महोत्सवले जागरणका साथै व्यवसाय प्रर्बधद्धनमा प्रभावकार भुमिका खेल्ने बताए । सो अवसरमा राजनीतिक दलका तर्फबाट बोल्दै नेकपा एमाले बा“केका अध्यक्ष अशोक कोईरालाले महोत्सवहरुलाई शैक्षिक जागरणको माध्यमका रुपमा प्रयोग गरेकोमा धन्यबाद दिए ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर उमा थापामगर, नेपाल पत्रकार महासंघ बांकेका अध्यक्ष ठाकुरसिंह थारु, प्याब्सन बांकेका अध्यक्ष राजेशकेशर खनाल, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी बजार प्रतिनिधी संघका अध्यक्ष हरिकृष्ण भट्राईले पढ्न संस्कृतिको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहको अध्यक्षता महोत्सव आयोजक पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बा“केका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक बुद्धिप्रसाद अधिकारीले गरेका थिए । जिल्ला सचिव सागर ज्ञवालीले सन्चालन गरेको समारोहमा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सालिक सुवेदीले गरेका थिए ।
त्यसै गरी यस क्षेत्रको ऐतिहासिक पक्ष, शिक्षाको अवस्था लगायतका बिषयमा समेटिएको अभियान नाम गरेको महोत्सव स्मारिका समेत सो अवसरमा बिमोचन गरिएको महोत्सव आयोजक महासंघ बांकेका संसथापक अध्यक्ष बसन्त लामिछानेले जानकारी दिए ।
सो अवसरमा मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक, बिभिन्न प्रतियोगितामा बिजयी भएका बिद्यार्थीहरु, महोत्सव सन्चालनमा योगदान पु¥याएका महानुभावहरुलाई सम्मान गरिएको थियो ।
७ दिनसम्म सन्चालन भएको महोत्सवका माध्यमबाट पुस्तक र त्यससंग जोडिएका विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्दै उनीहरुमा रचनात्मक क्षमताको अभिवृद्धि गर्ने उदेश्य थियो । महोत्सवमा १ सय ५० बढि स्टलहरु रहेका थिए । स्टलहरुमा विभिन्न मसलन्द तथा शैक्षिक सामाग्रीका राष्ट्रिय उत्पादनहरु, बैदेशिक उच्च शिक्षाका लागि क्रियाशील कन्सल्टेन्सीहरु, सूचनामूलक कम्प्युटर सम्बन्धी एजेन्सीहरु राखिएका थिए ।

Next Post

‘जनताको मतको सम्मान गर’

५ पुष २०७४, बुधबार १७:२२
सदरलाइनडटकम    ५ पुस, नेपालगन्ज : माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले जनताले दिएको मतको वाम गठबन्धनका सबै नेतृत्वले सम्मान गर्नुपर्ने बताएका छन् । बुधबार बाँकेको राप्तीसोनारी गाउपालिका–५ विनौनाको चिलरियामा आफन्त भेट्न पुगेका उनले सो कुरा बताउदै जनतमतले नै वाम गठबन्धनलाई एक हुन अपिल गरेकाले त्यसको विरुद्ध कोही पनि जान नसक्ने […]