प्रदेश नं. ५ का सबै जिल्लाको नतिजा सार्वजनिक हुन तीन दिन लाग्ने

२२ मंसिर २०७४, शुक्रबार २०:२४
 

सदरलाइनडटकम  
२२ मंसिर, नेपालगन्ज : विहीबार मतदान भएका पाँच नम्बर प्रदेशका सबै जिल्लाको मतपरिणाम सार्वजनिक हुन करिब तीनदिन समय लाग्ने भएको छ । सबै जिल्लाहरुमा एउटा निर्वाचन क्षेत्रको लागि प्रदेशसभा र प्रतिनिधिसभा गरी दुईठाउँमा मतगणना गरीरहेका छन् ।
सबैभन्दा धेरै मतदाता भएको रुपन्देहीमा पनि तीनदिन लाग्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पाँच प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्य चुनिनेछन् ।
साढे तीनलाख बढी मत खसेको रुपन्देहीमा शुक्रबार दिउसोबाट मतगणना सुरु भएको छ । प्रत्येक क्षेत्रको चार समूहमा मतगणना भइरहेकोले तीनदिनमा मतपरिणाम सार्वजनिक हुनसक्ने बताइएको छ ।
स्थानीय तहको निर्वाचनको मत हेर्दा वाम गठबन्धन बलियो रहेको रुपन्देहीमा मतपरिणाम जान्नका लागि मतदाता, दलका कार्यकर्ता र समर्थकहरुको मतगणनास्थलमा भिड लागेको छ । यस्तै, अधिकांश जिल्लाको मतपरिणाम तीनदिनभित्र नै आइपुग्ने देखिएको छ । मतपत्रमा हस्ताक्षर नभएको विवादका कारण प्युठानमा साँझ चारबजेदखि मतगणना सुरु भएको छ ।
जम्मा एकलाख ३८ हजार मत खसेको प्युठानको मतपरिणाम आइतबारसम्म आइपुग्ने बताइएको छ । पूर्वी रुकुमको भने, सबै मतपरिणाम शुक्रबार नै सार्वजनिक भइरहेको छ ।
एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभामा वाम गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् । भने, पश्चिम रुकुमको भने शनिबार बिहानसम्म आइपुग्ने भएको छ ।
यस्तै माओवादीको उद्गम स्थल रोल्पामा भने मतगणना सुस्त रुपमा देखिएको छ । चार समूहमा मतगणना भएपनि सुस्त गणना हुँदा मतदाताहरु आत्तिएको बताएका छन् ।
आइतबार साँझसम्म रोल्पाको मतपरिणाम हुने सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ । यस्तै, बर्दियामा पनि तीन दिनमा मतपरिणाम सार्वजनिक हुने सम्भावना देखिएको छ ।

Next Post

आजरातीबाट पेट्रोल ,ग्याँस, डिजलको मुल्य बढ्यो

२२ मंसिर २०७४, शुक्रबार २०:२४
२२ मंसिर, काडमाण्डौ सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य वृद्धि गरेको छ । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३र३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ […]