उम्मेदवार सुरक्षामा विषेश ध्यान दिन प्रधानमन्त्रीको सुरक्षा निकायका प्रमुखलाई निर्देशन

२८ कार्तिक २०७४, मंगलवार १८:४१
 

सदरलाइनडटकम      
२८ कात्तिक, नेपालगन्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार माथी भईरहेका आक्रमणका घटना पुनः दोहोरिन नदिनका लागि सुरक्षा निकायलाई र चनाखो हुन निर्देशन दिएका छन् । मंगलबार नेपालगन्जमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठिको उद्दघाटन गर्दै उनले सो निर्देशन दिएका हुन ।
उनले निर्वाचनमा भय रहित तरिकाले मतदान र प्रचार गर्न पाउने बाताबरण सिर्जना गर्न जोड दिदै भने–‘यस क्षेत्रमा उम्मेदवार माथी आक्रमण गर्दै निर्वाचन पचारमा दखल पु¥याउने कार्य कसरी भयो ? घटना नदोहोरियोस, यसलाई गम्भीरता पुर्बक लिनुहोस ।’
प्रधानमन्त्री देउवाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा निकायको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै निर्वाचनमा खतरा पु¥याउने सम्भावित समुहका गतिविधि नियन्त्रण गर्न निर्देशन दिए । उनले निर्बाचन सुरक्षा योजना कार्यान्वयनमा समेत आंशंका भएको बताउदै त्यस्ता घटना दोहरिन नदिन सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिए ।


गृहमन्त्री समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले जवरजस्ती, चन्दाअसुली, डर धाकधम्की दिएर निर्वाचनलाई प्रभावमा पार्ने कुराप्रति सजक रहन सबै सुरक्षा निकायलाई सचेत गरेका छन् । करिब पाँच मिनेट लामो लिखित बक्तव्य दिएका प्रधानमन्त्री देउवाको कार्यक्रम स्थललाई समेत अत्यन्तै कडा सुरक्षा संयन्त्र परिचालन गरिएको थियो ।
सो सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै गृह सचिव मोहन कृष्ण सापकोटाले केन्द्रमा बनेको सुरक्षा रणनीति जिल्ला मातहातका निकायले कार्यान्वयन नगरेको पाईएको बताए । रोल्पा रुकुम र भोजपुरमा श्रृंखलाबद्ध उम्मेदवार माथि आक्रमण भएको घटनालाई स्मरण गर्दै ग.हसचिव सापकोटाले जिल्लाका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन हुँदा पनि किन कार्यान्वयन नभएको भन्ने प्रश्न तेर्साएका थिए ।


आसन्न प्रदेस तथा प्रतिनिधि सभाको निर्वाचनको सुरक्षा रणनीति बनाउन गृहमन्त्रालयको आयोजनामा नेपालगन्जमा क्षेत्रीय सुरक्षा गोष्ठिको आयोजना गरेको गोष्ठिमा गृह मन्त्रलायका प्रवक्ता नारायण प्रसाद शर्मा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसंधानका दिलिपराज रेग्मी,मध्यपश्चिमका १५ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेस प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख, सीमा सुरक्षा कार्यालय, नेपाली सेनालगायतको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली काँग्रेसको टिकट वितरणको असंतुष्टि विमानस्थलदेखि पार्टी कार्यालयसम्म छताछुल्ल

२८ कार्तिक २०७४, मंगलवार १८:४१
सदरलाइनडटकम  २८ कात्तिक, नेपालगन्ज : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा टिकट वितरणमा कोईराला परिवार उपेक्षा गरेको भन्दै बाँकेमा काँग्रसजनले उनकै सामु विरोध जनाएका छन् । मंगलबार नेपालगन्जमा सुरक्षा गोष्ठिको उद्दघाटन गर्न आउँदा बाँकेमा टिकट वितरणमा देउवा पक्षले पूर्व पार्टी सभापति तथा पूर्व […]

सम्बन्धित