५२ ग्राम ब्राउनसुगर सहित मौरीया परे प्रहरी फन्दामा

सदरलाइन संवाददाता २ आश्विन २०८०, मंगलवार २२:४८
 

नेपालगञ्ज : बाँके प्रहरीले अबैध ब्राउनसुगर सहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


लागुऔषध ब्युरो नेपालगञ्जका प्रहरी बरिष्ठ नायब निरिक्षक रमेश शाहीको कमाण्डमा खटिएको टोलिले मंगलबार साँझ ६:३० बजेकाे समयमा बाँके डुडुवा-६ बस्ने बर्ष २८ काे उदय राज मौरीयालाई बिशेष सुराकीले दिएको सुचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकोे हाे ।

प्रहरीको टाेलिले  मौरीयालाई  नेपालगञ्ज -१४ फनपार्क नजिक भारतीय नम्बर को UP 40 AF 5357 नं. को मोटरसाईकल रोकी राखेको अवस्थामा फेलापारी निज र निजकाे  माेटरसाईकल समेत खान तलासी गर्दा उनलेे लगाएकाे पाईन्टको बाँया खल्ती भित्र लुकाई राखेको अवस्थामा लागूओषध खैराे हेराेईन ५२ ग्राम फेला पारी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको  जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान दिवसमा भेरी अस्पतालमा फलफूल वितरण

२ आश्विन २०८०, मंगलवार २२:४८
नेपालगञ्ज : संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बुधवार भेरी अस्पतालमा उपचाररत २०० विरामीलाई फलफूल वितरण गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसंगको समन्वयमा फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख […]