टिटिहिरिया स्वास्थ्य चौकीको आयोजनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

२१ श्रावण २०७४, शनिबार ११:४९
 

सदरलाइनडटकम
२१ साउन, नेपालगन्ज : बाँकेको टिटिहिरीयामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । टिटिहिरिया स्वास्थ्य चौकीको आयोजना र बैजनाथ गाउपालिका ८ नं. वडा कार्यालयको आर्थिक सहयोगमा संचालित एकीकृत स्वास्थ्य शिविरमा विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराईएको सो स्वास्थ्य चौकीका ईन्चार्ज प्रमुख हेल्थ असिस्टेन्ट चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार शिविरमा दाँतको उपचार ६७ जनाले, कानको उपचार १ सय १२ जनाले, आँखाको उपचार २ सय ८७ जनाले, स्त्रीरोगको उपचार १ सय १० जना र सिकलसेल परामर्श मा १ सय ९० जनाले परिक्षण तथा उपचार लाभान्वित भएका छन ।
जनताको घर आगनमा स्थानीय स्वास्थ संस्थाले यसरी शिविर संचालन गरेको बाँकेमा पहिलो भएको र यो शिविरबाट आफु र आफ्नो टिमले नयाँ अनुभव लिने मौका समेत पाएको ईन्चार्ज खड्काले बताए । उनल शिविर ब्यबस्थापनमा सहयोग गर्ने वडा कार्यालय, टिटिहिरीया स्वास्थ्य सस्थालाई हौसला प्रदान गर्ने जिल्ला जन स्वास्थ्य कार्यालय बाँके प्रती आभार व्यक्त गरेका छन् ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिभेद बिरुद्ध जन्मिएको कविता संग्रह ‘एक आलोक अनेक तरंग’

२१ श्रावण २०७४, शनिबार ११:४९
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सेना यस क्षेत्र कै छन्द शैलीमा कविता लेख्ने थोरै साहित्य मध्येका एक हुन । भेरी साहित्य समाजका अध्यक्ष रही साहित्यका क्षेत्रमा सक्रिय रहेका तिमिल्सेनाले अहिलेसम्म चारवटा साहित्यीक कृती प्रकाशन गरि सकेका छन् । यसै मध्ये एक हो ‘एक आलोक, अनेक तरंग’ । समाजमा रहेको […]

सम्बन्धित