बाघ दिवसमा फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दावी

१४ श्रावण २०७४, शनिबार १९:२१
 

सदरलाइनडटकम 
१४ साउन, नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा शनिबारदेखि नेपालगन्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनीको आयोजना गरिएको छ ।
ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा क्रियाशिल अन्तरालको आयोजना र व्यवस्थापनमा सुरु भएको सो प्रदर्शनीको नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापामगरले फोटो खिचेर उदघाटन गरे । होटल किचन हटको हलमा शुरु भएको प्रदर्शनीमा १ सय ५ वढी फोटो राखीएका छन् ।
मेयर राणाले प्रदर्शनीले प्रकृती र वन्य जन्तुबीचको सम्वन्धलाई थप प्रष्ट पारेको उल्लेख गर्दै यसको निरन्तरतामा जोड दिए । उनले बर्तमानमा सामान्य लाग्ने चित्र भोलीको ईतिहास र अनुसन्धानको पाटो बन्ने भन्ने भन्दै बातावरण तथा वन्य जन्तु संरक्षण र सम्वद्र्धनले पयर्टन प्रवद्र्धन र आयश्रोत वृद्धिमा मदत पुग्ने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा सहभागि उपमेयर उमा थापामगरले प्रदर्शनीले वन्यजन्तु संरक्षणका लागि सम्वन्धित निकायलाई थप सम्वदेनशिल र जिम्मेवार बनाउन मदत पुग्ने धारणा राखिन । आयोजक संस्था अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रदर्शनीमा बर्दिया र चितवन राष्ट्रिय निकुञ्जका पाटेबाघ तथा एकसिंगे गैडाका तस्वीरहरु प्रमुख आकर्षणको रुपमा रहेको बताए । निशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रदर्शनी आईतबार साँझ ६ वजेसम्म जारी रहने अन्तरालले जनाएको छ ।
प्रदर्शनीमा सर्वसाधारणदेखि विद्यार्थीसम्मले अवलोकन गरिरहेका छन् । बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विविध कार्यक्रम गरि रहेका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ मा दिवस मनाउने निर्णय अनुसार नै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य पनि निर्धारण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारीका बाढी पीडितको गुनासो हामी माथि बिभेद भयो

१४ श्रावण २०७४, शनिबार १९:२१
सदरलाइन / रुद्र सुवेदी  १४ साउन, नेपालगन्ज: बाँके साविक फत्तेपुर गाविस हालको राप्तीसोनारी गाउपालिका–७ बाढी पीडितले राज्यले बाढी पीडित तथ्याङ्क संकलनमा आफुलाई बिभेद गरेको आरोप लगाएका छन् । चारवर्ष अघि आएको बाढीले आफ्नो सबै बगाउदा पनि राज्यले आफ्नो नाम समावेश नगरेको कारण राज्यका सुविधाबाट बञ्चित रहनु परेको उनीहरुको गुनासो समेत […]

सम्बन्धित