छिनछिनमा बिद्युत जाने समस्याले राप्तीपारीका बासिन्दा हैरान

सदरलाइन संवाददाता १३ भाद्र २०८०, बुधबार १५:२२
 

राप्तीसोनारी (बाँके) : छिनछिनमा बिद्युत जाने समस्याले राप्तीपारीका स्थानीय बासिन्दाले हैरानी ब्यहोरेका छन् ।

राप्तीपारी बिद्युत वितरणका लागि नेपाल बिद्युत प्राधिकरणले बैजापुरको धामपुरमा सव–स्टेशन निर्माण गरी कोहलपुरदेखि ३३ केभी प्रशारण लाईन बिस्तार गरेको थियो । लामो समयदेखि अलपत्र परेको बिद्युतीकरण योजना दुई वर्षअघि सम्पन्न भएपछि उपभोक्ताले बिद्युत सेवा उपयोग गर्न पाएका थिए ।

केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा बिद्युत सेवा अनियमित हुँदा हैरानी ब्यहोर्नु परेको सर्बसाधारण नागरिकले गुनासो गरेका छन् ।


राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनाका स्थानीय युवराज केसीले केहीदिन देखी झ्याप्प–झ्याप्प बिद्युत आउने–जाने समस्याले आफुहरु हैरान भएको गुनासो गरे । ‘जतिबेला पनि बिद्युत आउने–जाने समस्या भइरहेको छ, बिद्युत प्राधिकरणको धामपुर सव–स्टेशनमा फोन गर्दा कर्मचारीको फोन उठ्दैन,’ उनले भने ‘बिद्युत आउने–जाने समस्याले गाउँमा कसैका टिभी बिग्रिसके, कसैका मोटर जलिसके ।’

उक्त क्षेत्रमा वितरण गरिएको लाईनलाई नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले नियन्त्रण गर्दै आएको छ । नेपालगञ्ज वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले राप्तीपारी बिद्युतमा आएको समस्याका विषयमा अहिलेसम्म जानकारी नभएको बताए ।

‘हामीलाई अहिलेसम्म त्यहाँबाट कसैले जानकारी गराएको छैन, हाम्रो त्यहाँ नोलाईट शाखा पनि छ, समस्या भएमा जनताले त्यहाँ पनि जानकारी गराउनुपर्ने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा अतिक्रमित संरचना हटाईंदै

१३ भाद्र २०८०, बुधबार १५:२२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको छ । आजदेखि बागेश्वरी मन्दिर पूर्व न्यूरोडतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जा गरी बसेकालाई हटाउन शुरु गरिएको हो । उच्च अदालतको आदेश अनुसार उक्त सार्वजनिक जग्गा खाली गराउन थालिएको हो । अदालतले दिएको […]